हराएको नौ दिनपछि मृत फेला

हराएको नौ दिनपछि मृत फेला

दार्चुला : जेठ चार गतेदेखि बेपत्ता मार्मा गाउँपालिका—६ शेरी घोरडीका ४२ वर्षीय दिला महर मृत अवस्थामा फेला परेका छन् । मार्मा गाउँपालिका वडा नम्बर ३ मा रहेको बिटुले ड्याममा लगाइएको पुरानो झोलुङ्गे पुलमा अड्किएको अवस्थामा महराको सव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

अधिकांश समय मदिरा सेवन गरिरहने महराले ४ गते पनि मार्मा बजारबाट मदिरा सेवन गरेर फर्किएका थिए । ४ गते दिउँसो बजारबाट फर्किएका महरा घर नपुगेपछि ५ गतेदेखि खोजि कार्य सुरु गरिएको थियो ।
  
नदीमा बगेको हुनसक्ने आशंकामा दिनदिनै बिटुले ड्याम खोलेर खोजी गरिए पनि ११ गतेसम्म पत्तो लाग्न सकेको थिएन । सोमबार बिहान ड्याम खोलेर हेर्दा महराको सव पुलमा अड्किएको अवस्थामा फेला परेको हो ।
  
मार्मा क्षेत्रको अनुगमन तथा घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख डिएसपी पदमबहादुर बिष्ट नेतृत्वको टोली घटनास्थल पुगेको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.