सलमानको खल्लो इद

सलमानको खल्लो इद

मुम्बई : बलिउडमा यसपालि इद खल्लो भएको छ । खासगरी सलमान खानका लागि । किनकि इदको अवसरमा रिलिज गरिएका सलमानका प्रायः फिल्म हिट भएका छन् । तर यसपालि कोरोनाका कारण बलिउडका सबै फिल्म ठण्डाराम भए ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सलमानको फिल्म ‘वान्टेड’ सन् २००९ मा इदको अवसरमा आएको थियो । त्यसपछि प्रत्येक वर्ष झै लगातार उनका फिल्मले इदको अवसर छोपे । त्यसो त इदबाहेक दीपावली होस् या क्रिसमस २६ जनवरी होस् या १५ अगस्त, निर्माता यो अवसर छोप्न तँछामछाड गर्छन् ।

मुम्बईको बान्द्रास्थित गेटी ग्यालेक्सीमा हरेक वर्ष इद धूमधामका साथ मनाइन्थ्यो । त्यहाँ सलमान खानका फ्यानहरूको ठूलो उपस्थिति रहन्थ्यो । ग्यालेक्सीका मालिक मनोज देशाई भन्छन्, ‘सलमानको कुनै पनि फिल्म इदको अवसरमा रिलिज गरिए दुई पटक हेर्नुपर्छ । किनकि भीड अनि तालिका कारण पहिलो दिन त संवाद नै बुझिन्नँ ।’ तर लकडाउनका कारण यस वर्ष गेटी ग्यालेक्सीको गेट पनि बन्द रह्यो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.