भारतीय श्रमिकबाट कोरोना भित्रियो : मुख्‍यमन्‍त्री पोखरेल

भारतीय श्रमिकबाट कोरोना भित्रियो : मुख्‍यमन्‍त्री पोखरेल

बुटवल : ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतबाट श्रमिकको आवागमन बढेकाले प्रदेशमा संक्रमितको संख्या थपिएको बताएका छन् । प्रदेशसभाको बैठकमा कोरोनाको तयारीको विषयमा जानकारी दिँदै पोखरेलले भारतले क्वारेन्टाइनमा राख्ने काम नगरेपछि संक्रमण फैलिएको बताए ।

‘भारतले नेपाल आउन चाहनेलाई सीमामा ल्याएर छाडिदिने गरेको छ । कमजोर सीमा क्षेत्रमा छाडिदिँदा भित्रिने क्रम बढ्यो । भारतले क्वारेन्टाइनमा राख्न नसकेपछि सीमामै राख्न उपयुक्त नभएर नेपाल भित्रिएका छन्’, उनले भने ।

मुख्यमन्त्री पोखरेलले संक्रमण बढ्दै जादा त्यस अनुरुपको तयारी सरकारले गरिरहेको जानकारी दिए । ‘नेपालकै ५० प्रतिशत क्षमताको क्वारेन्टाइन प्रदेश ५ मा बनाएका छौं । नेपालभरको आधा संख्या हामीले राखेका छौं । प्रदेशले काम गरेकै कारण ठूलो संख्यामा क्वारेन्टाइनमा राख्न सकेका हौं, उनले भने ।

प्रदेशमा तीन वटा प्रयोगशालाले निरन्तर परीक्षणको काम गरेका छन् । परीक्षण गर्ने संख्या धेरै भएकाले भिटिएम फ्रिजमा राख्नुपर्ने अवस्था आएको मुख्यमन्त्रीले जानकारी दिए । यस्तो अवस्था भारतबाट आउनेकै कारण भएको उनको भनाइ छ । संख्या बढ्दै जादा स्वभाविक रुपमा जटिलता उत्पन्न भएको संसदलाई जानकारी गराए ।

‘सामाथ्र्य निर्माणमा हामी अरुभन्दा पछाडि छौं भन्ने सत्य होइन । तर चुनौति थपिदै गएको छ । जटिलता झन बढेको छ’, उनले भने ।

चार कोरोना विशेष अस्पताललाई लक्षण देखिएका बिरामी राख्ने र हरेक जिल्लामा आइसोलसन बनाएर संक्रमित राख्ने योजना रहेको उनले बताए । तराईमा २ सय बेड र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन बनाउन निर्देशन दिएको उनले बताए । त्यसका लागि बजेट समेत पठाइएको उनको भनाइ छ । प्रदेशमा १५ सय जनाको उपचार गर्न सक्ने योजनासहित अघि बढेको उनले जानकारी दिए ।

कोरोनाको तयारीमा जुट्नका लागि प्रदेश सरकारले बजेट स्थानीय तहमा पठाएको मुख्यमन्त्रीले बताए । आइसोलेसनका लागि तराईमा २० लाख र पहाडमा १० लाखका दरले जिल्लामा बजेट बिनियोजन गरिएको उनले जानकारी गराए । हरेक पालिका र तीन वटै सुरक्षा निकायलाई समेत बजेट दिइएको छ । मुख्यमन्त्रीले तीन सुरक्षा निकायलाई ५÷५ लाख रकम दिइएको जानकारी दिए ।

संक्रमितको संख्या थपिदै जाँदा जटिलता उत्पन्न हुदै जाने उनले बताएका छन् । भारतबाट ठूलो मात्रामा नेपाल आउनेको संख्या बढ्दै जाने सम्भावना रहेकाले चुनौति थपिदै जाने उनको भनाई छ । भारतबाट आउने संख्या थपिदा तयारी बढाउदै लैजानुपर्ने आवश्यकता रहेको उनले बताए । मुख्यमन्त्रीले सरकारले गरेका निर्णय कार्यान्वयनमा सहयोग गरिदिन सांसदलाई आग्रह समेत गरे ।

भन्सार क्षेत्रमा ‘होल्डिङ क्वारेन्टाइन’ बनाउने निर्देशन जिल्लामा पुगिसकेको मुख्यमन्त्रीले बताए । त्यसरी बनेका क्वारेन्टाइनमा भारतबाट आउनेलाई केही दिनमात्रै राख्ने र त्यहाबाट सम्बन्धीत पालिकामा पठाउने योजना रहेको छ । जिल्लामा गठित संकट व्यवस्थापन समितिले त्यो निर्माणको काम सुरु गरिसकेको मुख्यमन्त्रीको भनाइ छ ।

संक्रमित समाजमा पुगेरै फैलिएको घटना नरहेको भन्दै उनले अहिलेको अवस्थालाई नियन्त्रण गर्न सकिने बताए । मुख्यमन्त्री पोखरेलले आगामी बजेट कोरोना नियन्त्रणमा केन्द्रीत रहेर आउने बताए । श्रम गर्न नसक्नेलाई राहत र श्रम गर्नेलाई रोजगारी दिने योजना रहेको उनले बताए । भारतबाट आउने श्रमिकलाई नेपालकै उद्यममा लगाउन चालु आर्थिक वर्षमै २१ करोड बजेट बिनियोजन गरिएको उनले जानकारी दिए । आगामी बजेटलाई समेत सोही ढाचामा ढाल्ने नीति कार्यक्रम रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.