कैलालीमा थप एकजनामा कोरोना भाइस पुष्टि

कैलालीमा थप एकजनामा कोरोना भाइस पुष्टि

टीकापुर : कैलालीको जानकी गाउँपालिकामा थप एकजना ३८ वर्षीय पुरुषमा कोराना पुष्टि भएको छ । गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ती पुरुषमा कोरोना पुष्टि भएको हो ।
 
यसअघि सो क्वारेन्टाइनमा बसेका तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि थियो ।यससँगै जानकी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार कोरोना पुष्टि हुनेमा जानकी गाउँपालिका ३ भगतपुरका पुरुष हुन् । उनी भारतको बारबंकीबाट नेपाल आएका हुन् । 

चौधरीका अनुसार बारबंकीबाट भारतकै नानपारा क्वारेन्टाइनमा तीन दिन बसेका उनी रुपडियाँ नाका हुँदै आएका हुन् । उनी जेठ २ गते राति टीकापुर नगरपालिका  ७ सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । जेठ ३ गते उनलाई सरस्वती माविको क्वारेन्टाइनमा लगिएको थियो । 

सो क्वारेन्टाइनमा रहेका १६ जनाको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीको टिमले थ्रोट स्वाब संकलन गरेको थियो । यसअघि तीन जना र आज एक गरी ४ जनामा कोरोना पुष्टि भए पनि अन्यको रिपोर्ट नआएको चौधरीले बताए । 

'१६ जनाको स्वाब संकलन भएको थियो, ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ,' चौधरी भने, 'अन्यको रिपोर्ट भने आएको छैन।' सो क्वारेन्टाइनमा ४२ जना राखिएका छन् । 

यसअघि जानकी गाउँपालिका ७ का दुई जना र कञ्चनपुर ४ का एक जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुलाई टीकापुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।  

किट नहुँदा स्वाब संकलनमा ढिलाइ

भिटिएम किट नहुँदा जानकी गाउँपालिकाका दुई जना कोरोना संक्रमितको सम्पर्कमा रहेकाको स्वाब संकलन हुन सकेको छैन । वडा नं. ७ मोतिनगरका कोरोना संक्रमित पुरुषको सम्पर्कमा रहेका १५ जना र वडा नं. ४ का संक्रमितको सम्पर्कमा रहेका ६ जनाको स्वाब संकलन हुन नसकेको हो ।

बाँकेको नेपालगञ्जबाट एम्बुलेन्समार्फत् घर पुगेका मोतिनगरका पुरुष तीन दिनसम्म घरमा बसेका थिए । गाउँमा भलिबल समेत खेलेका उनको कन्ट्याक्ट टेसिंङमा आएकाहरुको घर नै सिल गरिएको छ स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए । 

संक्रमण पुष्टि भएको पाँच दिनसम्म समेत कन्ट्याक्ट टेसिंङमा रहेकाहरुको स्वाब समेत संकलन नभएपछि उनीहरु त्रसित बनेका छन् । चौधरीले सुदूरपश्चिम प्रदेशबाट गाउँपालिकालाई भिटिएम कीट नपठाएका कारण स्वाब संकलन गर्न नसकिएको बताए । सुदूरपश्चिममा भिटिएम किट नहुँदा कोरोना परीक्षण कार्य समेत प्रभावित भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.