रूकुम घटना : नवराजसहित ४ जनाकाे शव फेला
![रूकुम घटना : नवराजसहित ४ जनाकाे शव फेला](https://annapurnapost.prixacdn.net/media/albums/dead_20200527110859_5CXPUXryRm.jpg)
जाजरकोट : अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको सव घटनास्थलदेखि करीव १० किलोमिटर तल कुदु नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।
लोकन्द्रको सव स्थानियले फेला पारेका हुन् । योसँगै मृतकको संख्या चार पुगेको छ । दुई जना अझै हराइरहेका छन् । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको सव यसअघि नै फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)