कोरोनाले बेलायतमा थप एक नेपालीको मृत्यु

कोरोनाले बेलायतमा थप एक नेपालीको मृत्यु

बेलायत : कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ। बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए। पुर्ख्यौली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए। 

शुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो। घरमा १४ दिनसम्म बस्दा पनि ठिक नभएपछि पाँच हप्ता अगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो। घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचारकक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन। उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन्। हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने नेपालीको संख्या ६५ पुगेको छ भने राईसहित भूपू गोरखा सैनिकको सङ्ख्या ५४ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.