कैलालीमा थप २ जनामा कोरोना संक्रमण
टीकापुर : कैलालीको जानकी गाउँपालिकामा थप दुईजना पुरुषमा कोराना पुष्टि भएको छ । गाउँपालिका १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ती २ जनामा कोरोना पुष्टि भएको हो ।
यसअघि सो क्वारेन्टाइनमा बसेका चारजना पुरुषमा कोरोना संक्रमण पुष्टि थियो ।यससँगै जानकी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार कोरोना पुष्टि हुनेमा जानकी गाउँपालिका ४ का ३० र २५ वर्षका पुरुष हुन् । उनीहरु भारतको महारास्टबाट आएका हुन् ।
चौधरीका अनुसार ३० वर्षका पुरुष जेठ १ गते र २५ वर्षका पुरुष जेठ ३ गते क्वारेन्टाइनमा आएका थिए ।सो क्वारेन्टाइनमा रहेका १६ जनाको गाउँ पालिकाका स्वास्थ्यकर्मीको टोलीले थ्रोट स्वाब संकलन गरेको थियो ।
१६ जनामध्ये १० जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई टीकापुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।