भारतबाट दार्चुला आएका एक पुरुषमा कोरोना संक्रमण

भारतबाट दार्चुला आएका एक पुरुषमा कोरोना संक्रमण

दार्चुला : दार्चुलामा पहिलो पटक भारतबाट फर्किएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।भारतबाट आएर महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट गत बिहीबार दार्चुला आएका १ सय ३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी धनगढीस्थित प्रयोगशाला पठाइएको थियो । जसमध्ये महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनामा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । अरुको रिपोर्ट आउने क्रममा रहेको छ ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का २१ वर्षीय युवक भारतबाट आएका थिए।कैलालीका दुईजना त्रिनगर र खक्रौला तथा दार्चुलाका संक्रमित दार्चुला सदरमुकाम खलंगा नाकाबाट गत बिहीबार स्वदेश फर्किएका थिए।

दार्चुलाका युवकमा पीसीआर रिपोर्ट पोजिटिभ आएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा सारिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.