सिमेन्ट उत्पादक संघले भन्यो - सहजरुपमा सिमेन्ट पुग्ने स्थिति छैन

सिमेन्ट उत्पादक संघले भन्यो - सहजरुपमा सिमेन्ट पुग्ने स्थिति छैन

भैरहवा : पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघ प्रदेश नम्बर पाँचले लकडाउनका कारण सिमेन्टको कच्चा पादर्थ क्लिङकर उत्पादन गर्ने चुनढुंगा ढुवानी गर्न नसकिँदा राष्ट्रिय गौरवका आयोजना प्रभावित हुन सक्ने बताएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै वर्षायाम सुरु भइसकेको अवस्थामा चुनढुंगालगायतका कच्चा पदार्थ उद्योगमा भित्र्याउन  सम्भावना कम हुँदै गएकाले सिमेन्ट उत्पादनमा कमी आउने र २५ मूल्यवृद्धि हुने जनाएको छ ।

'कच्च पदार्थको अभावमा क्लिङकर र उत्पादन हुन सक्दैन, जारी विज्ञप्तीमा भनिएको छ, 'यस्तो अवस्थामा देशको राष्ट्रिय गौरव आयोजना, विकास निर्माणकार्यमा लागि अति आवश्यक पर्ने सिमेन्ट सुलभ र सहज रुपमा पुग्न सक्ने स्थिति छैन ।'

साथै संघले अब भारतबाट क्लिङकर आयात गर्नुपर्ने अवस्था आएकाले विगतभन्दा २५ प्रतिशत सिमेन्टको मूल्य वृद्धि हुने जनाएको छ । विगतमा नेपालबाट क्लिङकर ढुवानी हुँदा प्रति टन क्लिङकर करिब ८ हजार मूल्य पर्न जान्थ्यो भने अब भारतबाट आयात गर्दा प्रति टन ११ हजार रुपैयाँ भन्दा बढी पर्ने बताइएको छ ।

भैरहवा क्षेत्रको लुम्बिनी करिडोरमा मात्र दजर्न बढी सिमेन्ट उद्योगहरु छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.