रुकुम घटना : थप एकजनाको शव भेटियो, मृतकको संख्या पाँच पुग्यो

रुकुम घटना : थप एकजनाको शव भेटियो, मृतकको संख्या पाँच पुग्यो

जाजरकोट :  गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एकजना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभिर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

स्थानीयले सञ्जुको शव नदीमा फेला पारेको र मुचुल्काका लागि प्रहरी घटनास्थलतर्फ गएको डीएसपी श्रेष्ठले बताए । लोकेन्द्रको शव स्थानीयले फेला पारेका हुन् ।

यो सँगै मृतकको संख्या पाँच पुगेको छ । भेरी नगरपालिका वडा नम्बर ११ का  गोविन्द शाही भने अझै बेपत्ता  छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो । 

केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए । मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो । घेराबन्दी गरेर आक्रमण गरेका गाउँलेले कुटपिट गर्नुका साथै कतिपयलाई नदीमा होमिन बाध्य बनाएका थिए ।

पीडितपक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरी १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्यको खोजी भइरहेको जनाएको छ ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.