सहकारीलाई उत्पादनमा लगाइने

सहकारीलाई उत्पादनमा लगाइने

काठमाडौं : सहकारीलाई उत्पादनतर्फ लगाइने भएको छ । उत्पादनमा लगाएर सहकारीमार्फत दिगो आर्थिक विकास गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सहकारीलाई घरेलु तथा साना उद्योग, उत्पादान, भण्डारण, प्रशोधन क्षेत्रमा लगाइने बताए । सहकारी संस्थागत क्षमता, स्वनियमन र सुसासन कायम गर्न प्रेरित गर्ने उनको भनाइ छ । 

सहकारीका उत्पादान, भण्डारण गर्न प्रदेश प्रदेशमा उपभोक्ता पसल सञ्चालन हुने बजेटमा उल्लेख छ । सहकारीमार्फत कर्जा उपलब्ध गराइ साना तथा घरेलु उद्योग स्थापना गर्न गरिने भएको छ । एक हजार सहकारीमार्फत तीन अर्ब ६० करोड कर्जा प्रवाह गरी उद्यमशीलता बढाउने अर्थमन्त्री खतिवडाले बताए ।

बचत सहकारीलाई नगदरसहित कारोबार गर्न प्रेरित गरिने बताए । मर्जरमा प्राथमिकता दिने समेत बताइएको छ । सहकारी कर्जा सूचना केन्द्र र कर्जा सुरक्षण कोष स्थापना गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । वैदेशिक रोजगारीबाट फर्केकालाई सहकारीमार्फत उद्यमशीलता बढाउन सरकारले योजना अघि सारेको छ । 

देशभर ३४ हजार ८ सय ३७ सहकारी छन् । ती सहकारीमध्ये आधाभन्दा बढी बचत तथा ऋण सहकारी मात्रै छन् । सरकारले बचत भन्द उत्पादन, बजारीकरणमा सहकारीलाई केन्द्रित गर्ने कार्यक्रम ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.