संक्रमितको सम्पर्कमा आएका १४ सेना र ६ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

संक्रमितको सम्पर्कमा आएका १४ सेना र ६ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

दोलखा : सदरमुकाम नजिकै भीमेश्वर नगरपालिका–२, तिखातलका ७६ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्क भएका सेना र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ ।

    
जिल्लामा संक्रमितको उपचारमा संलग्न ६ स्वास्थ्यकर्मी र घरमा बास बसेका नेपाली सेनाका एक जवान र उनको पनि सम्पर्कमा रहेका अन्य १३ सेनासहित २० जनालाई क्वारेन्टाइनमा राखिएको हो । दोलखास्थित धुलिखेल अस्पतालमा गत शनिबार राती संक्रमितको उपचारमा संलग्न रहेका ६ स्वास्थ्यकर्मीलाई अस्पताले नै क्वारेन्टाइनमा राखेको जनाएको छ । उनीहरुको बिहीबार पीसीआर परीक्षणका लागि र्‍याल संकलन गरेर पठाइने तयारी गरिएको छ ।
    
उनका बुहारीका सैनिक सेवामा कार्यरत भाइ घर बिदामा आएको बेलामा एकरात संक्रमित रहेकै घरमा बास बसेको कारण सैनिकलाई तारा दल गण चरिकोटमा क्वारेन्टाइनमा राखिएको छ । केही दिनदेखि उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य १३ जनालाई पनि ब्यारेकभित्रै क्वारेन्टाइमा राखिएको तारा दल गण चरिकोटका गणपति निखिल कुँवरले जानकारी दिए ।
    
नेपाली सेनाको भोजपुरस्थित गणमा कार्यरत ती सैनिक जवानलाई जेठ १० तारा दल गणमा हाजिर भएकै दिनदेखि नै क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितको घरमा बास बसेका सैनिक र उनीसँगै ब्यारेकमा क्वारेन्टाइनमा बसेका अन्य १३ सहित १४ सैनिकको शुक्रबार पीसीआर परीक्षणका लागि र्‍याल संकलन गरेर पठाइने गणपति कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.