तिलौरोकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रक्रिया अगाडि बढाइने
भैरहवा : विश्व शान्तिका अग्रदुत गौतमबुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको स्थान कपिलवस्तुको तिलौराकोटलाई अगामी आर्थिक वर्षमा विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रिया अगाडि बढाइने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।
बिहीबार अर्थमन्त्री डा खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रिया अगाडि बढाइने घोषणा गरेका हुन् ।
त्यस्तै उनले बृहत्तर लुम्बिनी क्षेत्र र रामग्राम गुरुयोजनालाई कार्यान्वयनमा ल्याइने बताए । लुम्बिनीमा निर्माणधीन पाँच हजार क्षमताको सभाहललाई अगामी वर्षमा पूर्णता दिइने बताए ।