कोरोना प्रभावित कारोबारलाई आयकरमा विशेष छुट
काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट प्रभावित कारोबारलाई राहत दिन आयकर छुटको व्यवस्था गरेको छ। बिहीबार संघीय संसद्मा पेश भएको आर्थिक विधेयकले यो व्यवस्था गरेको हो।
तुलात्मक रुपमा थोरै कारोबार गर्ने तर धेरै संख्यामा रहेका कारोबारका क्षेत्रले आयकरमा बढी राहत पाउने भएका छन्। वार्षिक दुई लाख आम्दानी वा २० लाख रुपैयाँसम्म कारोबार गर्ने करदाताको हकमा ७५ प्रतिशत छुट व्यवस्था छ।
वार्षिक कारोबारको सीमा छुट
२० लाख- ७५ प्रतिशत
२० लाखदेखि ५० लाखसम्म- ५० प्रतिशत
एक करोडसम्म- २५ प्रतिशत
एक करोड भन्दा बढी- २० प्रतिशत
योभन्दा बढी ५० लाख रुपैयाँसम्मको कारोबारमा ५० प्रतिशतको छुट भनिएको छ। तर एक करोड रुपैयाँसम्म वार्षिक कारोबार गरेबापत करदाताले २५ प्रतिशत मात्रै छुट पाउनेछ।
त्यस्तै होटल, ट्रेकिङ, यातायात वा हवाई सेवा जस्ता वार्षिक एक करोडभन्दा बढी कारोबार गर्नेले जम्मा २५ प्रतिशत छुट पाउनेछन्।