संघको भवनलाई बजेट

संघको भवनलाई बजेट

काठमाडौं : सरकारले बिहीबार ल्याएको आर्थिक वर्ष २०७७—७८ को बजेटमा फिल्म क्षेत्रलाई सामान्य सम्बोधन गरिएको छ। फिल्म क्षेत्रका लागि भनेर अघि सारिएको चलचित्र नीति तथा कार्यक्रम लक्षित गरी बजेट विनियोजन गरिएको सरकारले जनाएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणको क्रममा साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासका लागि कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि आवश्यक बजेट वितरण गर्ने बताए पनि ठोस कार्यक्रम भने प्रस्तुत गरेनन्। बजेटमा नेपाली श्रमजीवी फिल्मकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उल्लेख छ। ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुआत समयानुकूल वातावरणमा गरिने र काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो निर्माण गरिने बजेटमा उल्लेख छ।

मौलिक नेपाली फिल्म निर्माण गर्न प्रोत्साहित गर्ने, कलाकार संघको भवन निर्माण गर्न सहयोग र अनुदान दिने, नेपाली फिल्मका लागि प्रवद्र्धन संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताए।

बजेटमा चलचित्र विकास बोर्डको प्रशासनिक कार्यक्रममा कटौती गरिएको छ भने हल सञ्चालकलाई विद्युत्मा छुट दिने बताइएको छ। हलवालाको कर छुट, निश्चित सामग्रीमा कर मिनाहा, विशेष राहत प्याकेज र अनुदानमा जोड दिइने उल्लेख छ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सरकारले बजेटमा कलाकार संघलाई समेटेकोमा खुसी व्यक्त गरे। ‘सरकारले भवनविहीन भएको महसुस गरेर बजेट विनियोजन गरेको छ। सरकारप्रति सम्पूर्ण नेपाली कलाकार आभारी छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.