भारतबाट आएका म्याग्दीका युवामा कोरोना

भारतबाट आएका म्याग्दीका युवामा कोरोना

बेनी : म्याग्दीमा पहिलो पटक एक जना भारतबाट आएका युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मालिका गाउपालिका–४ ओखरबोटका ३० वर्षीय युवालाई कोरोना संक्रमण पुष्टि भएको हो। बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टाइनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।  

‘संक्रमितलाई बेनीको शैक्षिक तालिम केन्द्रमा रहेको आइसोलेशनमा लगिएको छ,’ उनले भने ‘बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकोमा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भयो।’

कोरोना संक्रमित युवा जेठ ९ गते सुनौली नाका हुँदै भारतबाट बेनी आएका थिए। उनी र सँगै आएकालाई सिधै क्वारेन्टाइनमा लगेर राखिएकाले ट्राभल हिस्ट्री छैन्। उनी बागलुङको बडीगाड र तमानखोला गाउँपालिकाका कोरोना संक्रमितहरुसँगै एउटै बसमा आएका थिए। 

रोजगारिका लागि तीन महिना अघि भारतमा पुगेका उनी भारतको नौतुनामा १७ र भैरहवामा तीन दिन क्वारेन्टाइनमा बसेर म्याग्दी आएका थिए।  १० गते भारतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ जनाको स्वाब संकलन गरिएको छ। 

म्याग्दीमा बिहीबारसम्म भारतबाट आएका ८५ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। ‘बेनीमा १५ शैय्याको आइसोलेसन र ८१ जना क्षमताको क्वारेन्टाइन बनाएका छौँ,’ उनले भने ‘भारतीय नाकाबाट आउनेको चापसँगै बढेको जोखिम व्यवस्थापन गर्न बेनीमा २०० जना क्षमताको क्वारेन्टाइन बनाउन लागेका छाँै।’ 

म्याग्दी सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ जना पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य निर्देशनालयले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालका ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.