ग्यास पाइप लिक भएर आगलागी हुँदा ५ जना घाइते

ग्यास पाइप लिक भएर आगलागी हुँदा ५ जना घाइते

काभ्रे : शुक्रबार बिहान काभ्रेको बनेपा नगरपालिका–७ तरकारी बजारस्थित रुकेश ठकुरीको घरमा आगलागी हुँदा ५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार ठकुरीको घरको तेस्रो तलामा रहेको भान्सा कोठामा भएको ग्याँसको पाइपको बीचबाट ग्याँस चुहिएर आगलागी हुँदा भएको हो। 

घाइते हुनेमा रुकेश ठकुरी, उहाँकी श्रीमती शोफिया ठकुरी र डेढ वर्षकी छोरी रचना ठकुरीकासाथै उहाँका आफन्त आयुश ठकुरी र मनिष शाह ठकुरी रहेका छन्।घाइतेहरुको तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौं किर्तिपुर वर्न सेन्टरमा रेफर गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए। 

पाइपबाट ग्यास चुहिएको अवस्थामा चुरोट सल्काउने क्रममा त्यहीबाट आगो सल्केको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । आगलागीबाट भान्साकोठा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.