प्रदेश २ का सांसद र कर्मचारीको कोरोना परीक्षण

प्रदेश २ का सांसद र कर्मचारीको कोरोना परीक्षण

जनकपुरधाम : प्रदेश २ का सांसदको कोरोना (कोभिड–१९) परिक्षण भएको छ। यही जेष्ठ २१ गते देखि सुरु हुन लागेको  प्रदेशसभा बैठकको अघि प्रदेश २ का सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको छ। प्रदेशसभाको चौथो अधिवेशनका लागि १०६ सांसदको स्वाब संकलन गरिएको हो।

प्रदेशसभाका सभामुख, उपसभामुख, सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी लगायत २५० जनाको स्वाब नमुना संकलन भइरहेको प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार उपसभामुख उपमा देवसहित ५० जनाको स्वाब बिहीबार नै संकलन भइसकेको जानकारी दिए।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको चौथो अधिवेशन बोलाइएको जानकारी पछि सांसदसहित अन्यको स्वाब परिक्षण थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.