चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु

चट्याङ लागेर रोल्पामा दुई महिलाको मृत्यु

रोल्पा : चट्याङ लागेर दक्षिणी रोल्पामा शुक्रबार दुई महिलाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँको गुठिमधारामा दुई महिलाको मृत्यु भएको हो ।

चट्याङ लागेर ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको हो । बिहान करिब दश बजेतिर परेको चट्याङले दुवैजना बेहोस भएका थिए । २४ वर्षीय सविन बुढामगर पनि चट्याङमा परेका थिए। उनको अवस्था सामान्य रहेको छ । मृत्यु भएकी खिर्माका भतिजा कर्णहादुर वाँठामगरका अनुसार बिहानको खाना खाएर बसिरहेको बेला चट्याङ परेको थियो ।

खिर्मा बिहीबार साँझ माइती आएकी थिइन्। मृत्यु हुने आशा घाइते सविनकी पत्नी हुन् भने खिर्मा फूपू हुन् । चट्याङले पत्नी र माइती आएकी फूपूको मृत्युले बुढामगर परिवार र आफन्त शोकामा डुबेका छन् ।

चट्याङ लागेपछि दुवैजना बेहोस भएका थिए । उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अस्पताल पुर्‍याउन नपाउँदै उनीहरुको मृत्यु भइसकेको अस्पतालकी प्रमुख डा. धनमाया घर्तीमगरले जनाइन् । 

प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङले बेहोस भएको खबर पाइएपछि प्रहरी घटनास्थल पुगेको थियो । एम्बुलेन्स नभएपछि गाउँपालिकाको जीपमा राखेर दिउँसो अस्पताल ल्याइएको हो ।

चट्याङले घरको ढोकानेरको पर्खालमा क्षति पुगेको छ। खाना खाएर परिवार र माइती आएकी फूपूबीच दुःखसुखका कुराकानी भइरहेको बेला एक्‍कासी चट्याङ परेको थियो । केही दिनयता जिल्लामा हावाहुरीसहित वर्षात् हुँदै आएको छ ।  हावाहुरीले केही विद्यालय र घरको छाना समेत उडाएको छ।

एक महिनाको बीचमा जिल्लामा चट्याङ लागेर चारजनाको मृत्यु भइसकेको छ । वैशाख २५ गते पूर्वी रोल्पाको सिर्पमा पनि चट्याङ लागेर दुईजना मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.