रुकुम हत्याकाण्ड : उच्चस्तरीय छानबिन आयोग गठनको माग

रुकुम हत्याकाण्ड : उच्चस्तरीय छानबिन आयोग गठनको माग

बर्दिबास : पश्चिम रुकुमको चौरजहारी-८ सोतीमा भएको घटनाको छानबिन गर्न दलित अधिकारकर्मीले उच्चस्तीयय छानबिन आयोग गठनको माग गरेका छन् । 

महोत्तरीको बर्दिबासका संयुक्त दलित सञ्जालले इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सन्देश मास्केमार्फत संघीय सरकारका गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै अधिकारकर्मीले मृतकलाई सांस्कृतिक सहिद घोषणा गर्न माग गरेका हुन्।

केटी लिन १० जेठ जाजरकोटबाट गएका नवराज विश्वकर्मासहितका युवालाई गाउँलेले आक्रमण गर्दा  पाँच जनाको मृत्यु भइसकेको छ । अर्को एकजना अझै बेपत्ता छन् ।

बेपत्ताको खोजी, घाइतेलाई उपचार, मृतका परिवारलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउनु अघि दलित अधिकारकर्मीले प्लेकार्डसहित बर्दिबास चोकमा प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.