रुकुम घटना : अध्ययन गर्न गठित उच्चस्तरीय समिति घटनास्थलमा

रुकुम घटना : अध्ययन गर्न गठित उच्चस्तरीय समिति घटनास्थलमा

जाजरकोट : पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले घटनास्थल पुगेर  काम थालेको छ। 

घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट हुँदै घटनास्थल पुगेको हो। समितिले पीडित पक्ष र जाजरकोटको स्थानीय प्रशासन भेटघाट गरेर घटनास्थल पुगेको हो। 

घटनास्थल सोती गाउँमा गएर समितिले स्थानीयसँग आवश्यक जानकारी लिएको समितिका संयोजक जितेन्द्र बस्नेतले बताए। पीडित पक्षसँग भेटघाट गर्नुका साथै जाजरकोट प्रहरी, स्थानीय प्रशासन र घटनास्थलको अवलोकन गरेको बताए।

पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोटमा राखिएको भेरी नगरपालिका–४ का सन्जु भनिने सञ्जीव विकको शवको अवलोकन गरेको छ। सन्जुको शव बिहीबार भेरी नदीमा फेला परेको थियो। घटनाका विषयमा संसददेखि सडकसम्म चर्को दबाब भएपछि सरकारले गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।  

दलित केटा र गैरदलित केटीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेकोे र उक्त प्रेमलाई विवाहमा परिणत गर्न भन्दै सोती गाउँ पुगेका युवाको समूहमाथि गाउँलेले आक्रमण गरेको थियो। आक्रमणबाट प्रेमी नवराजसहित पाँच जनाको ज्यान गएको छ भने एक जना गोविन्द्र शाही हराइरहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

पीडित परिवारको माग अनुसार शव हेरेर अनुसन्धान थालिएको समितिका संयोजक बस्नेतले बताए। उच्चस्तरीय समितिमा गृह मन्त्रालयका सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सह–अनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल सहभागी छन्। समितिको टोली पश्चिम रुकुमको मुसिकोट गएर अनुसन्धान प्रक्रियाबारे जानकारी लिनेछ। केही दिन समिति जाजरकोट र रुकुममै रहेर घटनाको सत्यतथ्य अवस्था बुझ्ने भएको छ।

यसैबीच उच्चस्तरीय समितिलाई शुक्रबार दलित अधिकारकर्मीले निष्पक्ष छानबिन गर्न भन्दै  ६ बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन्। घटना भएको केही समयमै घटनास्थल पुगेका प्रहरीलाई समेत छानबिनको घेरामा राखिनु पर्ने, पक्राउ परेका सबैको पोलिग्राफ टेष्ट गरिनु पर्ने, घटनाको निष्पक्ष छानबिन गर्नु पर्ने, पीडितले न्याय पाउनु पर्नेलगायतका माग ज्ञापनपत्रमा राखिएको छ।

केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराज सहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए। मल्ल थरकी युवतीले बोलाएपछि उनलाई लिन जाँदा युवतीको घर नपुग्दै आक्रमण भएको थियो। 

पीडित पक्षले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरी वडाध्यक्षसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ। प्रहरीले सोही घटनामा सँगै गएर बाँचेका सात जनालाई सर्जिमिन मुचुल्का गर्नका लागी बिहीबार मुसिकोट लगेको छ।

 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.