दीपकले ल्याए सन्देशमूलक गीत

दीपकले ल्याए सन्देशमूलक गीत

काठमाडौं : संगीतकार दीपक वज्राचार्यले युनिसेफसँगको सहकार्यमा तयार पारेको कोरोनाबारे एउटा सन्देशमूलक गीत सार्वजनिक गरेका छन्

भिडियोमा कोभिड– १९ विरुद्धको लडाइँमा सुरक्षित रहन, सद्भाव राख्न र एक रहन सबैलाई आह्वान गरिएको छ । गीतमा टाढै बसेर साथ दिन आग्रह गर्दै दीपकले कोरोनाविरुद्धको लडाइँमा नआत्तिन आग्रह गरेका छन् ।

अञ्जुलाई ‘उडुँ उडुँ लाग्यो’

लोकप्रिय गायिका अञ्जु पन्त र गायक राजन कार्कीको आवाजमा नयाँ गीत ‘उडुँ उडुँ लाग्यो मलाई’ को एनिमेसन म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको ‘उडुँ उडुँ लाग्यो मलाई’ मा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ भने विष्णु विरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् । डान्सिङ नम्बरको यो गीत फरक खालको म्युजिक भिडियो कारणले अझ रोमान्टिक बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.