सांसद कोषबारे कांग्रेस सांसद विभाजित

सांसद कोषबारे कांग्रेस सांसद विभाजित

 काठमाडौं : मुख्य विपक्षी कांग्रेसभित्र सांसद विकास कोषबारे पार्टी निर्णयलाई लिएर अलमल देखिएको छ । पार्टीले नै खारेज गर्नुपर्ने निर्णय गरेको कोषबारे कांग्रेस सांसदहरू विभाजित देखिएका हुन् । कांग्रेसका थोरै सांसद कोष खारेजीका पक्षमा उभिएका छन् भने अधिकांशले कोषको निरन्तरताका पक्षमा मत दिएका छन् । कांग्रेसको बैशाख १७ गतेको केन्द्रीय समिति बैठकले सांसद विकास कोष नीति नै खारेज गर्नुपर्ने निर्णय गरेको थियो ।

संसदीय दलको बैठकमा सांसद गगन थापाले सांसद विकास कोषबारे पार्टीको धारणा मागेका थिए । उनले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई सरकारले निरन्तरता दिएको कोषबारे पार्टी धारणा के हुने ? भन्दै प्रश्न गरेका थिए । ‘पार्टीले कोष खारेज गर्नुपर्ने निर्णय गरिसकेको छ, तर सरकारले कोषलाई निरन्तरता दिएको छ’, दलको बैठकमा सांसद थापाले भने, ‘अब हामीले पार्टी निर्णय मान्ने कि नमान्ने ? पार्टीको अडान के हो ? ’

सांसद थापाले कोषको रकम अस्वीकार गर्नुपर्ने धारणा राखेपछि सांसदहरू भरत शाह र राजन केसीले असहमति जनाएका थिए । सांसद शाहले कोषको निरन्तरता जायज भएको धारणा राखेका थिए । प्रत्यक्ष निर्वाचित सांसदको रोहवरमा कोषको रकम खर्च गर्ने नियमावलीप्रति समानुपातिक सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् । कांग्रेसमा प्रत्यक्ष निर्वाचित सांसद २३ जना छन् भने समानुपातिकतर्फ ४० जना छन् ।

दलका नेता एवं पार्टी सभापति देउवाले सांसद विकास कोष खारेज गर्नुपर्ने निर्णय पार्टीले गरे पनि सरकारले निरन्तरता दिएकाले यसलाई स्वीकार गरेरै जानुपर्ने आशयको धारणा राखेका थिए । ‘सभापतिज्यूको धारणा स्पष्ट थिएन, गोलमटोल जवाफ आयो’, देउवालाई उद्धृत गर्दै एक सांसदले भने, ‘पार्टीको विरोध कायमै भए पनि सरकारले कोषलाई निरन्तरता दिएको छ । अब समानुपातिक सांसदलाई पनि कोषको रकम छुट्याउन पहल गर्नुपर्छ ।’

बजेटले संकट निम्त्याउने

कांग्रेस संसदीय दलको बैठकमा विज्ञले बजेट महत्वाकांक्षी भएको र यसले अहिलेको संकटलाई सम्बोधन गर्न नसक्ने दाबी गरेका थिए । अर्थविद डा.गोविन्द पोखरेल, डा.स्वर्णीम वाग्ले, डा.विश्व पौडेल, डा.जगदीश पोखरेललगायतले बजेटबारे सांसदलाई जानकारी गराएका थिए ।

‘असामान्य अवस्थामा सामान्य बजेट आएको छ । यो बजेटले मुलुक र जनता दुवैलाई डुवाउँछ’, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘कोरोना महामारीको संक्रमण बढ्दै गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने, यसको उपचार बारेमा नजरअन्दाज गरेको देखिन्छ । ६ अर्ब रुपैयाँ छुट्याइएको छ । यो कोरोना परीक्षणमै सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.