सशस्त्र प्रहरी अस्पतालबाट कोरोना जितेर ११ जना डिस्चार्ज

सशस्त्र प्रहरी अस्पतालबाट कोरोना जितेर ११ जना डिस्चार्ज

भक्तपुर : काठमाडौंको सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पतालबाट शनिबार भक्तपुरका एकसँगै एकैपटक ११ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । भक्तपुरका तेस्रो संक्रमित भक्तपुर नपा-५ योसिंखेल निवासी ४२ काठमाडौं महानगरपालिकाका सफाइ गाडीका चालक हुन् । स्वास्थ्य मन्त्रालयले गएको जेठ ६ गते उनलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेको थियो ।

उनी डिस्चार्ज भएसँग भक्तपुरका चारैजना कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । शनिबार उनीसँगै महानगरीय प्रहरी प्रभाग कालीमाटीका दुई प्रहरीमध्ये प्रहरी नायब निरीक्षक र प्रहरी जवान पनि डिस्चार्ज भएको अस्पतालका निर्देशक डीआईजी हरिचन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार शनिबार अस्पतालबाट भक्तपुर र ललितपुरका एकएक तथा काठमाडौंका ९ जना डिस्चार्ज भएका छन् । त्यस्तै काठमाडौंको चन्द्रागिरी नपा १० की सात वर्षीया बालिकासमेत डिस्चार्ज भएको डीआइजी पोखरेलले बताए ।

'अस्पतालको आइसोलेसनमा अझै दुईजना संक्रमित उपचाररत छन्', उनले भने, 'उहाँहरू पनि चाँडै डिस्चार्ज हुनुहुन्छ ।' उनले अस्पतालमा २० वटा आइसीयू शैय्या र एक सय बीस शैय्याको आइसोलेसन वार्ड रहेको जानकारी दिए ।

यसअघि जेठ १५ गते भक्तपुरकी चौथो कोरोना भाइरस संक्रमित भक्तपुर नपा वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधि पाटन अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । त्यस्तै पहिलो र दोस्रो क्रमश आरोग्य प्रतिष्ठानकी २५ वर्षीया महिला कर्मचारी र सशस्त्र प्रहरीका २७ वर्षीय जवान डिस्चार्ज भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.