दादुरा रुबेलाविरुद्धको खोप दुई महिनापछि सुचारु

दादुरा रुबेलाविरुद्धको खोप दुई महिनापछि सुचारु

बेनी : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस)को त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगित भएको दादुरा रुबेला रोगविरुद्धको खोप अभियान सुरु भएको छ । 

चैत १० गतेदेखि सुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगित भएको थियो । धवलागिरी, मालिका र मंगला गाउँपालिकामा लकडाउनकै बीच बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइएको थियो । 

रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शुक्रबारदेखि सुचारु भएको खोप अभियान बेनी नगरपालिकामा शनिबारदेखि सुरु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘स्वास्थ्य सेवा विभागका निर्देशनका अनुसार कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट र स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन भएको छ,’ उनले भने, ‘जेठ २१ गते भित्रै लक्षित सबै बालबालिकालाई खोप लगाइने लक्ष्य छ ।’ 

२०७६ चैत १० देखि २९ गतेसम्म म्याग्दीमा दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्न बनाइएको समयतालिका लकडाउन सुरु भएपछि प्रभावित भएको छ । अन्य खोप सेवा भने एक महिना अघिदेखि नै सुचारु भएका छन् । 

नौ महिना देखि ५ वर्षसम्मका नौ हजार ३५२ जना बालबालिकालाई सो रोगविरुद्ध खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाभर खोप अभियानमा ३६५ वटा खोप केन्द्रमा ७४० जना खोपकर्ता परिचालन भएका छन् । 

दादुरा रुवेला रोगविरुद्ध खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको छ । 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न नसकेको (शून्य डोज) सकेको छैन । 

नेपालमा वि.सं. २०३४ मा विफर उन्मूलनपछि खोप थपिंदै जाने क्रममा हाल ११ वटा खोप सञ्चालनमा रहेको छ । बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ । 

सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुवेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रूपमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो । देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ । वि.सं २०७२ मा म्याग्दी र २०७५ भदौमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको थियो । 
 
बेनीमा बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : सन्तोष गौतम।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.