प्रदेश ५ मा एकैदिन थपिए ११४ कोरोना संक्रमित

प्रदेश ५ मा एकैदिन थपिए ११४ कोरोना संक्रमित

बुटवल : पाँच नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या उच्च दरमा बढेको छ। शनिबार मात्रै १ सय १४ जनामा संक्रमण देखिएको हो। झण्डै एक महिनाको अवधीमा संक्रमितको संख्या ५ सय ४७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार संक्रमित मध्ये कपिलवस्तुका मात्रै १ सय ३ जना रहेका छन्। टेकुस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ७७ जनामा कोरोना पोजिटिभ देखिएको हो। भैरहवाका प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनाको पोजिटिभ नतिजा आएको छ। तीमध्ये कपिलवस्तुका २६ र रुपन्देहीका तीन जना रहेका छन्।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाामा गरिएको परीक्षणमा कपिलवस्तुका तीन जनामा कोरोना पोजिटिभ रहेको छ। प्रदेश ५ कै दाङमा ५ जनामा कोरोना पोजिटिभ देखिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार कपिलवस्तुमा संक्रमित देखिएका मध्ये महाराजगंज नगरपालिकाका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका २६ जना पुरुष र २ जना महिलामा कोरोना पोजिटिभ देखिएको हो। त्यस्तै भैरहवाको प्रयोगशालामा पोजिटिभ देखिएका २६ जना यशोधरा गाउँपालिकाका हुन्। त्यस्तै रुपन्देहीको रोहिणी गाउँपालिकाका तीन जनामा समेत कोरोना पुष्टी भएको भैरहवा प्रयोगशालाका डा. राजेन्द्र गिरीले जानकारी दिए। दाङको हापुरेका एक र बंगलाचुलीका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ। प्रदेश ५ मा ५ सय ४७ जनामा कोरोना पुष्टि भएको हो।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको संख्या करिव ४० हजार रहेको छ। ती सबैको परीक्षणका लागि स्वाब संकलन कार्य निरन्तर चलिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संघीय सरकारले प्रदेश ५ मा कोरोना परीक्षणका लागि शनिबार मात्रै २५ हजार आरडिटी किट पठाएको छ। आरडिटी किट र भिटिएम सकिएका कारण जिल्लाहरुमा परीक्षण रोकिएको थियो। संघीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रदेश ५ मा २ हजार भिटिएम समेत पठाइएको छ। प्रदेश ५ को कपिलवस्तुमा २ सय ६८, बाकेमा १ सय ८१, रुपन्देहीमा ४५, दाङमा २८ जना संक्रमित भएका छन्।

त्यस्तै बर्दियामा १०, परासीमा ५, गुल्मीमा ४ तथा रुकुम पूर्व र अर्घाखाँचीमा ३/३ जना रहेका छन्। प्रदेश ५ बाट ४८ जना निको भई घर फर्किएका छन्। प्रदेशमा पहिलो पटक बैशाख १९ गते कोरोना संक्रमणका दुई बिरामी फेला परेका थिए। करिव एक महिनामा संक्रमितको संख्या करिव साढे ५ सय पुगेको छ। असुरक्षित क्वारेन्टाइनका कारण संक्रमितको संख्या बढ्ेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.