रुकुम घटनाका दोषीलाई कारवाही माग गर्दै जाजरकोटमा प्रदर्शन

रुकुम घटनाका दोषीलाई कारवाही माग गर्दै जाजरकोटमा प्रदर्शन

जाजरकोट : पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै जाजरकोटका युवाहरुले शनिबार सदरमुकाम खलंगामा प्रदर्शन गरेका छन् ।

‘हामीलाई न्याय चाहियो । हत्यारालाई हदै सम्मको कारवाही होस्’ लगायत नारा लेखिएका ‘प्लेकार्ड‘ बोकेर युवाहरुले खवरदारी गरेका हुन् । स्थानीय युवाहरुले स्वतस्फुर्त रुपमा सदरमुकाको खलंगास्थित ठाटीबजारमा जम्मा भएर हातमा प्लेकार्ड सहित नाराबाजी गर्दै गैरी खाली हुँदै बजार परिक्रमा गरेका थिए ।

उनीहरुले घटनाका दोषीहरुको तत्काल छानविन गरी हदैसम्मको कारवाही हुनुपर्ने, घाइतेको उचित उपचार प्रवन्ध मिलाउनु पर्ने, बेपत्ताको खोजी तत्काल गर्नु पर्ने लगायत माग राखेका छन् । घटनालाई तोडमोड गरी अपराधी उम्काउने चलखेल हुन थालेको भन्दै आफुहरुले न्यायका लागि दवाव दिन प्रदर्शन गरेको स्थानीय रणबहादुर कार्कीले बताए ।

‘जातीय विभेदकै कारण गराइएको यो घटना जघन्य र वर्वर छ । यसमा संलग्न जो कोही पनि छुट्नु हुँदैन । घटनाको निष्पक्ष छानविन हुनुपर्छ,’ कार्कीले भने । कथित उपल्लो जातकी प्रेमिकालाई बिहे गर्ने भन्दै रुकुम पुगेका जाजरकोटका नवराज बिक सहित पाँच जनाको हत्या हुनुका साथै भेरी गरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.