रुकुम घटनाका दोषी उम्कन पाउँदैनन् : कर्णाली प्रहरी

रुकुम घटनाका दोषी उम्कन पाउँदैनन् : कर्णाली प्रहरी

जाजरकोट : कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउने बताए ।

उनले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पीडित परिवारसँग भेटघाट गरेका छन् । पीडित परिवारले घटनाको निष्पक्ष छानविन गरी अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।

छोरा गुमाएका बलबहादुर विकले घटनालाई तोडमोड गर्न खोजिएको भन्दै आक्रोस पोखेका थिए । उनले आफ्नो छोरालाई कुटपिट गरेर हत्या गरी फालिएको आरोप लगाएका छन् । डिआईजी पन्तले भने घटनाको निष्पक्ष छानविन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने ‘तपाइँहरु ढुक्क हुनुहोस् । छानविन निष्पक्ष हुन्छ । दोषी सजायको भागिदार हुन्छ । तपाइँहरुले न्याय पाउनुहुन्छ,’ शनिबार नै हालसम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायव महानिरीक्षक पन्तलाई बुझाएको छ ।

उनले घटनाको सत्यतथ्य छानविन गर्न निर्देशन दिँदै अपराधीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताए । डिआईजी पन्तसँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहितको उपस्थिति समेत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.