प्रेमिल दिन सम्झिँदै प्रियंका
मुम्बई : बलिउड नायिका प्रियंका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनले दुई वर्ष पहिले पति निक जोनसँग पहिलो भेट भएको तस्बिर सेयर गरेकी छन्।
प्रियंकाले पोस्ट गरेको स्ट्याटसमा निक जोनले जवाफ दिएका छन्, ‘मेरो जिन्दगीको दुई राम्रो वर्ष। आई लभ यु।’ प्रियंकाले प्रत्युत्तरमा लेखेकी छन्, ‘लभ यु जान। मेरो जिन्दगीको उपयुक्त फैसला।’