माथिल्लो तामाकोशी : तल्लो ठाडो सुरुङमा पाइप जडान

माथिल्लो तामाकोशी : तल्लो ठाडो सुरुङमा पाइप जडान

दोलखा : राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा कठिन मानिएको तल्लो पेनस्टक पाइप जडान कार्य सम्पन्न भएको छ। उत्तरी दोलखाको विगु गाउँपालिका –१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाकै निकै महत्वपूर्ण र जटिल मानिएको ३७३ मिटरको तल्लो पेनस्टक पाइप राख्ने काम सम्पन्न भएको छ। अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले शनिबार अन्तिम डेढ मिटरको पेनस्टक पाइप ठाडो सुरुङमा जडान गरेसँगै तल्लो ठाडो सुरुङको काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए।

सबैभन्दा कठिन मानिएको यो सुरुङमा पेनस्टक पाइप राख्ने कामले गति लिन नसक्दा तामाकोशी आयोजनाको उत्पादन मिति समेत पटकपटक संशोधन गर्नु परेको थियो। तल्लो ठाडो सुरुङमा ७३ वटा पाँच मिटरको पाइप र अन्तिममा डेढ मिटरको पेनस्टक पाइप जडान गरिएको प्रवक्ता डा. न्यौपानेले जानकारी दिए।

भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा २४६ मिटर पेनस्टक पाइप जडान गरिसकेको छ भने बाँकी रहेको ६४ मिटर पाइप जडान असारको पहिलो हप्तामा सकिने गरी काम भइरहेको प्रवक्ता डा. न्यौपानेले बताए। करिब पाँच महिनाको प्रयासपछि २०७६ साल असार १ गते तल्लो र असार १० गते माथिल्लो ठाडो सुरुङमा पहिलो पेनस्टक पाइप जडान गर्न आयोजना सफल भएको थियो।

हाल आयोजनामा चार सयभन्दा बढी कामदार तथा कर्मचारीले काम गरिरहेका छन्। आयोजनको मुख्य ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले सिभिल, अस्ट्रियन कम्पनी एन्ड्रिजले इलेक्ट्रोमेकानिकल, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले हाइड्रोमेकानिकल र अर्का भारतीय कम्पनी केईसी इन्टरनेसनलले प्रसारणलाइन तथा सबस्टेसनको काम गर्दै आएका छन्।

पिकिङ रन अफ रिभरको ढाँचामा निर्माण हुने यस आयोजनाको विद्युत् गृह, प्रसारण लाइनलगायत काम सम्पन्न भइसकेको उल्लेख गर्दै प्रवक्ता डाक्टर न्यौपानेले साउन अन्तिमसम्म सबै पाइपहरूको जडान कार्य सकेर पाइपहरूमा प्रेसर टेस्ट सुरु गर्ने योजना रहेको बताए। त्यसपछि सुरुङमा पानी पठाएर परीक्षण गर्दै पहिलो युनिट विद्युत् उत्पादन गरिनेछ। स्वदेशी लगानीमा निर्माण भएको आयोजनामा समग्रमा ९९ दशमलव ५ प्रतिशत काम सम्पन्न भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.