सीमामा अलपत्र नेपाली भोकभोकै, खुल्ला अकाशमा रात काट्न बाध्य

सीमामा अलपत्र नेपाली भोकभोकै, खुल्ला अकाशमा रात काट्न बाध्य

जनकपुरधाम : भारतबाट नेपालको सीमासम्म आइपुगेका नेपालीबासीलाई सीमा सुरक्षा प्रहरीले प्रवेशमा निषेध गरेपछि उनीहरु अलपत्र परेका छन् । हप्तौं दिन लगाएर पैदल यात्रा गर्दै सीमासम्म आइपुगेका नेपालीलाई प्रवेशमा रोक लागेपछि उनीहरु सीमामा भोकभोकै ललपत्र परेका हुन् ।  

कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल सरकारले गरेको लकडाउनमा सार्वजनिक यातायात, हवाई र रेलमार्ग नचल्दा हिंडेरै भए पनि नेपाली सीमासम्म आइपुग्दासमेत प्रवेश नपाएपछि पीडित बनेका हुन् ।  

सीमामा आइपुग्दा सरकारले सीमानाका बन्द गरेपछि उनीहरु आफ्नै देश छिर्न पाऔं भनि नारा लगाइरहेका छन् । ‘हामीलाई आफ्नो देश छिर्न दे’ भन्दै उनीहरु भारतीय क्षेत्रबाट नेपाल सरकारलाई सुनाइरहेका छन् । ‘आखिर जनतालाई सरकार चाहिने यस्तै बेला त हो, अरु बेला त विदेशका गल्ली चहारेर पनि उनीहरुले पेट पालेकै छन् ’, अलपत्र परेका धनुषाका विदेह नगरपालिका घर भएका बेचन दासले भने, ‘भारतको विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय बढी नेपालीहरु सीमामा अलपत्र  छन्, हामीलाई न खाने ठेगान छ न बस्ने । कसरी यहाँ बसौं, समस्या पर्दा हाम्रो घाउँमा मल्हम लगाउने कोही भइदिएन ।’ 

धनुषाको जटही नाकामा फसेका मिथिला बिहारी गाउँपालिकाका दिलेन्द्र मण्डलले तीन दिनदेखि खान नपाएको बताए । ‘चाउचाउ र बिस्कुट पनि किन्न पाइएको छैन, ‘जटहीमा पाँच सयभन्दा बढी मान्छे भएपछि सडक छेउमा खुल्ला आकाशमा बस्न बाध्य छौं ।’ नेपाल सरकारले नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश, २०७७ मा नेपाल प्रवेश विन्दुको सुचिमा धनुषा जिल्लाको कुनै पनि नाका नपरेकोले जटहीमा आए पनि प्रवेश गर्न पाएका छैनन् । 

सीमामा निःशुल्क खाना 

नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई युवा निर्माण व्यवसायीले निःशुल्क खानाको व्यवस्था गरेको छ । धनुषाको जटही नाकामा २८ वर्षीय युवाको भोकभोकै मृत्युपछि युवा व्यवसायी राजु चौधरीले खानाको व्यवस्था गरेका हुन् । 

धनुषाको नगराइन नगरपालिका स्थित जटही नाकामै अलपत्र परेका नेपालीको लागि खानाको व्यवस्थापन गरेको उनले बताए । ‘हिँडेर आएका पैदल यात्रुलाई नेपाल भारत सीमाको दशगज्जासँगै रहेको मन्दिर प्राङ्गणमा खानाको व्यवस्था गरेको छु’, व्यवसायी चौधरीले भने, ‘गत बुधवार सीमामा खाना नपाएर मृत्युवरण गरे जस्तो विपद् कसैको परिवाले अब उपरान्त भोग्न नपरोस् भन्ने उद्देश्यका साथ भरपेट खाना खाने व्यवस्था गरेका छौं।  भारतको सयौं किलोमिटर यात्रा गरेर नेपाली सीमासम्म आइसकेका नेपाली कोही भोकभोकै बस्न नपरोस्, ज्यान गुमाउन नपरोस् अब हरेक दिन यो सडकमा कोही भोकै हिँड्नु नपरोस् भन्ने मनसायले खानाको प्रबन्ध गरेका छौं ।’

भारतमा श्रमिक स्पेशल रेल संचालनपछि नेपालीहरु दुई महिना लामो लकडाउनमा छिचोल्दै नाकासम्म आए पनि नेपाल छिर्न पाएका छैनन् । धनुषाको जटही, खजूरी महोत्तरीको भिठामोड नाकामा झण्डै दुई हजार नेपाली अलपत्र छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.