दोषीलाई उम्काउन खोजेको भन्दै जनार्दन शर्माविरुद्ध प्रदर्शन

दोषीलाई उम्काउन खोजेको भन्दै जनार्दन शर्माविरुद्ध प्रदर्शन

जाजरकोट : रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन्। गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका हुन्। प्रदर्शनकारीले पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाएका छन्।

हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई सहिद घोषणा गर लगायतका नारा लगाउँदै बजार परिक्रम गरेर विरोध गरेका हुन्। 

नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय युवा युवतीले साथ दिएका थिए। लकडाउनको प्रवाह नगरी उनीहरु न्यायको लागि प्रर्दशनमा उत्रिएको बताएका छन्। 

घटनालाई राजनीतिक पहुँचका आधारमा पुर्वगृहमन्त्री तथा पश्चिम रुकुमका सांसद शर्माले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै उनको पुत्ला जलाइएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष ललित बस्नेतले बताए। 

घटनालाई तोडमोड हुन नदिन वारम्बारको खवरदारी आवश्यक रहेका कारण विरोधमा उत्रिनु परेको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने, स्थानीयदेखि केन्द्रीय सत्ता सम्मको प्रभाव पर्न नहुने माग गरे।
 
पुर्वमन्त्री शर्माका भाइ अनिल शर्मा र कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माका भाइ चौरजहारी नगरपालिका मेयर विशाल शर्मा दुवैको ससुराली सोती गाउँका मल्ल परिवार हुन्। घटनामा उनीकै संलग्नताको आरोप लागिरहेको छ। उनीलाई जोगाउन नेता शर्मा लागेको विद्यार्थी नेता बस्नेतले आरोप लगाए।

घटनामा नवराजसहित पाँच जनाको ज्यान गएको छ। भेरी नगरपालिका ११ का गोविन्द्र शाही अझै हराइरहेका छन्। उनको खोजी कार्य भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.