वैदेशिक रोजगारी : १० महिनामा ८०४ नेपालीको मृत्यु

वैदेशिक रोजगारी : १० महिनामा ८०४ नेपालीको मृत्यु

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा चालू आर्थिक वर्षको वैशाखसम्म आठ सय चार जनाको ज्यान गएको छ ।  वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो चैत र वैशाखमा मात्रै वैदेशिक रोजगारीका क्रममा दुई सय सात जना नेपालीले ज्यान गुमाएका छन्।

आर्थिक सर्वेक्षणमा जनाइएअनुसार फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाको ज्यान गएको हो । गत आर्थिक वर्षमा सात सय ५४ जना नेपालीको वैदेशिक रोजगरीका क्रममा मृत्यु भएको थियो । 

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार कोराना भाइरस (कोभिड- १९) बाट वैदेशिक रोजगारीमा गएका २३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना विदेशी भूमिमा भाइरस (कोभिड १९) बाट एक सय २१ जनो ज्यान गएको छ । १४ हजार भन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । 

अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पछिल्लो दुई महिना (लकडाउन बेला) मृत्यु भएका कामदारको शव स्वदेश ल्याउन समस्या भएको छ ।

पछिल्ले दुई महिनायता मृत्यु भएका मध्ये ७५ जनाको सोही देशमा दाहसंस्कार गर्ने परिवारले सहमति जनाइसकेका छन् । बोर्डले नेपालसहित अधिकांश देशमा कोरोनाका कारण लकडाउन भएकाले सोही देशमै दाहसंस्कार गर्न परिवारलाई प्रेरित गर्दै आएको छ । 

नीतिगत निर्णय गरेर सम्बन्धीत देशमा दाहसंस्कार गरेमा ५० हजार आर्थिक सहायता दिने निर्णय गरिएको छ । अपर्याप्त आराम, न्यून पारिश्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको छ । 

धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता कारणले वैदेशिक रोजगारीका क्रममा नेपालीले ज्यान गुमाइरहेका छन् । कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइका कारण वर्षेनी नेपालीको ज्यान गइरहेको छ ।

यहाँ मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको छ । चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको  विज्ञहरु बताउँछन् । दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राती एसीमा सुत्ने गरेका कारण पनि बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेको छ । 

सर्वेक्षण अनुसार आव २०७४/७५ मा आठ सय २१, आव ०७३/७४ मा सात सय ५६, ०७२/७३ मा आठ सय १६, ०७१/७२ मा एक हजार ६, ०७०/७१ मा आठ सय ७७ जनाको वैदेशिक रोजगारीका क्रममा ज्यान गएको छ । वैदेशिक रोजगारीका क्रममा हालसम्म करिब नौ हजार भन्दा कामदारको ज्यान गएको वैदेशिक रोजगर बोर्डले जनाएको छ । 

कार्यस्थलमा सुरक्षित वातावरण, अन्तराष्ट्रिय श्रम संगठनको निर्देशिकाअनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको विज्ञहरु बताउँछन् ।

वैदेशिक रोजगारीका क्रममा दैनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै तीनजनाको शव आउने गरेको छ । कतिपयको उतै पनि दाहसंस्कार गर्छन्

वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक पहिचान हुन सकेको छैन् । मृत्यु भएका कामदारको पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न सकेको छैन् । श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्नसके मात्र वास्तविक तथ्य पत्ता लाग्ने श्रमविज्ञ डा.गणेश गुरुङ बताउँछन् । 

सरकारले २०७४ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेर अनुसन्धान गरेपनि वैदेशिक रोजगारीमा वास्तविक मृत्युको कारण र रहस्य पत्ता लगाउन सकेको थिएन । मलेसियामा सुतेकै अवस्थामा अचानक मृत्यु (सडेन डेथ) र कतारमा मुटुको कारण मृत्यु (कार्डियाक डेथ) हुने गरेको पाइएको छ । 

श्रम स्वीकृति लिएका कामदारका परिवारले मात्रै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा बोर्डबाट आर्थिक सहायता पाउँछन्। अवैध रूपमा काम गरेर बस्नेको मृत्यु भएमा सहायता पाउँदैनन् । बोर्डले पछिल्लो समयमा कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, कसरी स्वस्थ रहने लगायतका विषयमा तालिम दिने योजना बनाएको छ । बोर्डले वैदेशिक रोजगारीमा निधन भएकालाई सात लाख क्षतिपूर्ति उपलब्ध गराउँछ । 

विदेश जाने घटे
नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेपनि पछिल्लो समयमा घटेको छ । चालू आर्थिक वर्षको फागुनसम्म एक लाख ९० हजार तीन सय ८८ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । चैत्रपछि कोरोनका कारण वैदेशिक रोजगार ठप्प छ । 

सर्वेक्षण अनुसार चालू आवमा कतारमा २९ हजार आठ सय ३५, ३९ हजार एक सय ६७, साउदी अरबमा ३९ हजार दुई सय ७९, संयुक्त अरब इमिरेट्स(युएई) मा ५२ हजार ४६ जना कामदार गएका छन् । 

सर्वेक्षेण अनुसार आव २०७६÷७७ को फागुनसम्म ५० लाख ५० लाख ४१ हजारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । ४७ लाख ९२ हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा दुई लाख ३७ हजार महिला पुगेका छन् भने ४५ लाख ४७ हजार पुरुप विदेश पुगेका छन् ।

वैदेशिक रोजगारीमा गएका मध्ये ७४.५ प्रतिशत अदक्ष छन् । २४ प्रतिशत अर्ददक्ष र १.५ प्रतिशत मात्रै दक्ष कामदार छन् । सरकारले पछिल्लो समयमा कामदारलाई सीप सिकाएर मात्रै विदेश पठाउने नीति ल्याएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.