कञ्‍चनपुरमा ११ महिने बालिकामा देखियो कोरोना संक्रमण

कञ्‍चनपुरमा ११ महिने बालिकामा देखियो कोरोना संक्रमण

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११  मा एक ११ महिने बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोट पोजिटिभ आएको हो।

संक्रमितका आमाबुवा  यही जेठ १४ गते धनगढीको गौरीफन्टा नाकाहुँदै कञ्चनपुर आइपुगेका थिए । संक्रमित बालिका बुवाआमासँगै भारतको गुडगाउँबाट नेपाल आएकी हुन् । उनीहरुलाई नाकाबाट शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनमा ठाउँ अभाव भएपछि आमा र बालकलाई घर पठाउन स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य प्रमुख परमानन्द भट्टले बताए। उनका अनुसार आमाको रिपोर्ट नेगेटिभ आएको छ भने बुवाको परीक्षण हुन बाँकी छ।

अहिले सम्पर्कमा आएका व्यक्तिको खाजी भइरहेको स्वास्थ्य प्रमुख भट्टले बताए। संक्रमित बालिकालाई महाकाली अस्पताल ल्याउने तयारी भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.