जनकपुरमा क्‍वारेन्टाइनभित्रै भोक हड्ताल

जनकपुरमा क्‍वारेन्टाइनभित्रै भोक हड्ताल

जनकपुरधाम : छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गरी जनकपुरधामस्थित क्वारेन्टाइनमा बसेकाहरु भोक हड्तालमा उत्रिएका छन् ।

क्वारेन्टाइनमा व्यवस्थित शौचालय, लामखुट्टेको औषधि छर्कनुपर्ने, पौष्टिक खाना खुवाउनुपर्ने, समयमा खाजा, खाना र तातो पानीको व्यवस्थापन हुनुपर्ने लगायत माग राखी उनीहरु भोक हड्तालमा उत्रिएका हुन् ।

जनकपुरधाम उप–महानगरपालिकाले गोपाल धर्मशाला स्थित बनाइएको क्वारेन्टाइनमा बसेकाहरुले आफुहरुलाई पशुतुल्य व्यवहार गरेको भन्दै भोक हड्तालमा उत्रिएको जनाएका हुन् ।क्वारेन्टाइनमा सुरक्षादेखि खाना व्यवस्थापन नहुँदा उनीहरु भोकै बस्नुभन्दा भोक हड्तालमा बस्नु उपयुक्त ठानेको जनकपुर ६ का निरज साहको भनाइ छ । निरजले भने, ‘क्वारेन्टाइन निर्माण गरे पनि सुरक्षा र खानपिनको व्यवस्थापन नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको विजोग भएको हो, क्वारेन्टाइन स्थल मानवीय आधारभूत आवस्यकता समेत पूरा भएको छैन, सञ्चार र खानेपानी सरसफाइको समेत सामान्य सुविधा छैन, कसरी क्वारेन्टाइनमा बस्नु ?’

जनकपुर १७ का दीपक कुमार साहको गुनासो छ, ‘क्वारेन्टाइनमा खानेपानीको समेत उचित व्यवस्थापन छैन, समयमा खाना समेत खुवाइँदैन, भोकभोकै बस्न बाध्य हुनुभन्दा भोक हड्तालमै बस्नु उपयुक्त ठानियो, क्वारेन्टाइनमा बसेका हामीलाई आधारभुत आवश्यकताको ख्याल नगरिए सम्म भोक हड्तालमा बस्छौँ ।’

कोरोनाको पोजिटिभ रिपोर्ट आइसकेकालाई समेत क्वारेन्टाइनमा सम्भावित संक्रमितसँगै राखेर थप जोखिममा पारेको भन्दै उनीहरुले बिरोध जनाएका हुन् । उनले धर्मशालाको साना कोठामा तीन जना खाँदिएर बस्नुपर्दा अझ कोरोनाको संक्रमण भन्दा पनि क्वारेन्टाइनको अस्तव्यस्तलाले जोखिममा पारेको बताए ।


जनप्रतिनिधिहरुले आफन्तहरुलाई कुनै जानकारी विना नै ल्याएर होम क्वारेन्टाइनमा राख्ने गरेको र पहुँच नभएका व्यक्तिहरुलाई स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरेको स्थानीय राकेश विक्रम साहले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.