लकडाउनमा शब्द संग्राम

लकडाउनमा शब्द संग्राम

काठमाडौं : लकडाउनको समयमा मनोरञ्जन दिन ‘शब्द संग्राम’ नामक अनलाइन र्‍याप ब्याटल लकडाउन सेसन आउने भएको छ। विश्वभर महामारीका रूपमा देखिएको नोबेल कोरोना भाइरसका कारण विश्व नै लकडाउनमा छ। कोरोना जोखिम न्यूनीकरणका लागि जारी लकडाउनका कारण अहिले नेपालसहित विश्वभरका मान्छेहरूको दैनिकी घरभित्र सीमित भएको छ। नेपालमा दुई महिनाभन्दा लामो समयदेखि जारी लकडाउनले मान्छेहरूको दिनचर्या खाली भएको अवस्थालाई मध्यनजर गर्दै ‘मेरो मज्जााको कार्यालय’ सँगको सहकार्यमा नीता प्रधानांग र केटीएम सौल्जाले ‘शब्द संग्राम’ प्रस्तुत गर्न लागेका हुन्।

मान्छेमा भएको सिर्जनशीलतालाई ई—प्ल्याटफर्मको सदुपयोग गर्दै आम नागरिकसमक्ष पुर्‍याउने उद्देश्यका साथ यो कार्यक्रम आउन लागेको हो। यस र्‍याप ब्याटलमा सहभागी हुन चाहनेहरूले संग्रामशब्दएटदीरेटजीमेलडटकममा आफ्नो ‘१६ बार’ पठाउन आयोजकले आग्रह गरेको छ। ब्याटलका लागि उमेरको हद तोकिएको छैन। मिडिया क्षेत्रमा सक्रिय महिलालाई सहभागिताका लागि विशेष प्रोत्साहन गरिने जारी विज्ञप्तिमा उल्लेख छ। ब्याटलमा उत्कृष्ट हुनेलाई नगद पुरस्कार प्रदान गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.