रौतहटमा एकै दिन थपिए ७४ जना कोरोना संक्रमित
रौतहट : रौतहटमा मंगलबार मात्रै ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकु र धुलिखेलको प्रयोगशालमा गरिएको परीक्षणमा ७३ पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।
भारतबाट रोजगारी गरेर घर फर्केकामा कोरोना भाइरसको संक्रमण देखिएको हो । राजपुर नगरपालिकामा २१, राजदेवी १८, गौर १३, परोहा ४, गढिमाइ १ दुर्गागवती गाउँपालिका १४ र यमुनामाइ गाउँपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण देखा परेको हो ।
मंगलबारसम्म रौतहटमा मात्रै ३ सय ७ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । संक्रमित सबै भारतबाट आएका व्यक्ति हुन्। उनीहरुलाई सीमानाकाबाट सोझै क्वारेन्टाइन लगेर राखिएको थियो।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको रौतहटका सिडिओ बासुदेव घिमिरेले जनाए।