लकडाउनमा विकासका काम धमाधम

लकडाउनमा विकासका काम धमाधम

बुटवल : विकास निर्माणको काम गर्ने 'पिक आवर'मा कोरोना नियन्त्रणका लागि लकडाउन भयो । थुप्रै विकासका योजना अलपत्र परेका छन् ।अझै काम गर्ने सहज वातावरण छैन।

तर, रुपन्देहीका केही योजना भने निरन्तर रुपमा चलिरहेका छन् ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत सञ्चालनमा रहेको ८ वटा ठूला सिँचाइका योजना निर्माण निरन्तर भइरहेका छन् । 

निर्माण सामग्रीको भण्डारण गरेका कम्पनीले काम निरन्तर गरेको डिभिजन प्रमुख टंक केसीले बताए ।संघीय सरकारबाट हस्तान्तरित १२ र प्रदेश सरकारका ६ वटा योजना चालु अवस्थामा रहेका छन् । 

छत्तिस मौजा, खड्वा सिँचाइ, रोहिणी र सियारी सिँचाइ योजनाको काम निरन्तर भइरहेको छ । 'सामग्री रहेका योजनाको काम धमाधम भइरेको छ, डिभिजन प्रमुख केसीले अन्नपूर्णसँग भने, 'साना योजनाको काम हुन सकेको छैन ।'

रुपन्देहीमा सञ्चालित यी योजनाले थप ९ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । ८२ हजार ६ सय २२ हेक्टर खेतीयोग्य जमिनमध्ये ५८ हजार ५ सय ४० हेक्टर सिँचाइ योग्य छ । सिँचाइ सुविधा पुगेको क्षेत्र भने ३७ हजार ६ सय हेक्टरमात्रै छ ।

अन्नभण्डारका रुपमा रहेको सिँचाइलाई विस्तार गर्न प्रदेश सरकारले जोड दिएको छ । प्रदेशका योजनाहरु रुपन्देहीका १० वटा पालिकामा चलिरहेका छन् । 

मर्चवार क्षेत्रमा सिँचाइ सुविधा पुराउने योजनाअनुरुप काम भइरहेको छ । चालु योजनामध्ये १६ मौजा सिँचाइ ३७ करोड लागतको हो । यो नहर ढलानको काम भइरहेको छ । रोहिणीमा ३६ करोडको अर्का योजना चलिरहेको छ । चैतदेखि जेठसम्म विकास निर्माणको 'पिक आवर' मानिन्छ । 

पुरानै रफ्तारमा काम नभएपछि ठप्प नै अवस्था नहरेको प्रमुख केसीले बताए ।अत्यावश्यक पुल बन्दै सडक डिभिजन कार्यालय बुटवलमार्फत करिब ४० वटाको हाराहारीमा पुल निर्माण प्रक्रियामा छन् ।

मोटरेबल पक्‍की पुल निर्माणको काम लकडाउन यता प्रभावित छ । अत्यावश्यक रहेका १६ वटा पुल निर्माणको काम भने धमाधम भइरहेको छ । सडक डिभिजन प्रमुख मेघराज मरासिनीका अनुसार रुपन्देही, पश्चिम र पूर्वी नवलपरासीमा पुल निर्माणका काम जारी रहेका हुन् ।

बर्खामा नदी आउने भएकाले ती पुलहरुको काम निरन्तर रहेको उनले बताए । मरासिनीका अनुसार लकडाउनकै अवधिमा पूर्वी नवलपरासीमा साढे ३ किलोमिटर कालोपत्रे समेत सकिएको छ ।

बुटवलको प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्रको काम पनि निरन्तर चलिरहेको छ । लकडाउनकाबीच यस प्रदर्शनी केन्द्रमा ३५ जना मजदुरले काम गरिरहेका छन् ।

एक महिना निर्माण बन्द भएको प्रदर्शनी केन्द्र सहरी विकासबाट अनुमती प्राप्तपछि वैशाख १३ काम सुरु गरिएको हो । मजदुरलाई कामबाट बञ्चित हुन नदिन तथा समयमा काम सक्न भन्दै कोरोना भाइरसविरुद्ध विशेष सावधानी अपनाएर काम भइरहेको अन्र्तराष्ट्रिय प्रदर्शनी केन्द्रका सुपरभाइजर तारा सापकोटाले बताए । मजदुरलाई दूरी कायम गरेर खटाएको छ ।

आयोजनाका इन्जिनियर रेशा बस्यालले लकडाउनको समयमा सबै सामान उपलब्ध नहुँदा 'फुलफेज'को काम भने हुन नसकेको बताइन् ।  स्थानीय स्रोतसाधनबाट जेजति सामान उपलब्ध हुन्छ त्यसैअनुसार प्रयोग गरेर निर्माणको काम गरिएको उनले बताइन् ।

स्थानीय तहले समेत विकासका काम सुरु गरेका छन् । सडक ग्राभेल, कालोपत्रे, नाली निर्माणका काम भइरहेका छन् । असारअघि नै काम सक्नेगरी काम भइरहेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.