क्वारेन्टाइनमा रहेका युवा नदीमा वेपत्ता

क्वारेन्टाइनमा रहेका युवा नदीमा वेपत्ता

बेनी : म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङस्थित क्वारेन्टाइनमा रहेका एक युवा मंगलबार दिउँसो नदीमा बेपत्ता भएका छन् ।  दरवाङको छ्यारछ्यारेमा मालिका गाउँपालिकाको क्वारेन्टाइनमा रहेका धौलागिरी गाउँपालिका -७ धारापानीका १९ वर्षीय राजेश थापा वेपत्ता भएको प्रहरीले जनाएको छ । 

दरवाङका वडा अध्यक्ष सन्तोष सुवेदीका अनुसार थापासहित क्वारेन्टाइनमा बसेका ७ जना नुहाउनका लागि दश मिनेटको समय लिएर नजिकै रहेको म्याग्दी नदी किनारको धारामा गएका थिए । 

उनी पौडी खेल्ने भन्दै खोलामा हाम फालेका थिए । म्याग्दीका डीएसपी किरन्ज कुँवरले थापा वेपत्ता भएको पुष्टि गरे । 'मान्छे वेपत्ता भएको हो,' उनले भने, 'दुर्घटना हो वा भागेको भन्ने विषयमा अनुसन्धान जारी छ ।' प्रहरी र स्थानीयबासीहरुले वेपत्ताको खोजी गरिरहेका छन् । 

थापाका आफन्तले भने कमजोर सुरक्षा र व्यवस्थापकीय लापरबाही भएको आरोप लगाएका छन् । 'क्वारेन्टाइनमा बस्नेको सुरक्षाको ग्यारेन्टि हुनुपर्दथ्यो,' राजेशका दाजु किरन थापाले भने, 'क्वारेन्टाइनमा बसेकालाई बाहिर निस्कन दिनुनै कमजोरी हो ।'

क्वारेन्टाइन स्थापना भएको जनप्रिय माविको भवनमा घेराबार छैन् । थापा छ महिनाअघि रोजगारीका लागि भारत गएका थिए । कोरोनाको जोखिम र लकडाउनका कारण रोजीरोटी गुमेपछि भारतीय सिमानामा आएका उनलाई उद्धार गरेर बेनी ल्याइएको थियो।

छयारछ्यारेको क्वारेन्टाइनमा मालिका गाउँपालिकाका १७ र धवलागिरिका एकजनालाई राखिएको छ। पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र म्याग्दीको निर्णयअनुसार दरवाङको क्वारेन्टाइनमा सारिएको थियो ।म्याग्दीमा हाल भारतबाट आएका १२२ जनालाई विभिन्न ठाउँको क्वारेन्टाइनमा राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.