थापाथलीमा रहेकी एक गर्भवतीमा कोरोना
धादिङ : मंगलबार कोराना संक्रमण भएकामध्ये १ महिला धादिङको सिद्धलेक गाउँपालिका ५ कि २३ वर्षिय गर्भवती रहेको खुलेको छ । गर्भवती ति महिलाको थापाथलीस्थित प्रसूति गृहमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार उनी गत जेठ १४ गते जिल्ला अस्पताल धादिङवेशी आएकी थिइन् । त्यसपछि उनलाई आफन्तले एम्बुलेन्समा राखेर थापाथलीस्थित प्रसूति गृह पु¥याएका थिए । उक्त एम्बुलेन्सले फर्कदा धादिङकै सुत्केरी महिला, शिशु लिएर फर्किएको थियो ।
काठमाडौ गएपछि कोरोनाको संक्रमण भयो कि धादिङमै संक्रमण थियो भन्ने बारेमा खुलेको छैन । ती महिलासँग सम्पर्क रहेका गाउँका स्थानीय र अन्य व्यक्तिहरु र उनलाई काठमाडौं लाने एम्बुलेन्सको पहिचान सुरु भइसकेको छ ।