दुई सहायक वन अधिकृत घूससहित पक्राउ
ताप्लेजुङ : डिभिजन वन कार्यालय ताप्लेजुङका दुई जना अधिकृत मंगलबार बेलुका पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई जनही एक–एक लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको हो ।
उनीहरुले सेतक चिनी छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस लिएका थिए । दुवैजनालाई कार्यालयमै रकम लेनदेन भइरहेको अवस्थामा पक्राउ गरेको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले बताए ।
चार सय किलो सेतक चिनी बिक्रीको लागि छुटपुर्जी बनाइदिन व्यवसायी सविन बानियाँसग शाह र यादवले घुस लिएका हुन् । घुस लिएपछि उक्त परिणामको सेतक चिनी २१ दिनभित्र बाँके पुर्याउने गरी छुटपुर्जी दिएको बानियाँले बताए ।