वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

रुकुम : रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका वडाध्यक्षको नेतृत्वमा स्थानीय युवाले प्रहरी चौकी आक्रमण गरेका छन्। नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार राति सोही नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसी नेतृत्वमा युवाहरुको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। 

अत्याधिक मदिरा सेवन गरी मोटरसाइकलमा आएका वडाध्यक्ष केसीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै झगडा सुरु गरेका थिए। त्यसै क्रममा २०÷२५ जना युवा आएर प्रहरी चौकी तोडफोड गरेका हुन्। स्थानीयले घरबाट बाँसका भाटा तथा अन्य सामग्री निकालेर चेकपोस्ट तथा चौकीमा आक्रमण गरेको चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर साउदले जानकारी दिए। 

उनका अनुसार वडाध्यक्षलगायत स्थानीय युवाले चौकीमा रहेका कुर्सी, गाडी रोक्न बनाइएका सामान ताडफोड गरिनुका साथै चौकीमा ढुंगामुढा समेत गरेका थिए। घटनालगत्तै वडाध्यक्ष केसीलगायत युवाहरु फरार रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगेको थियो। प्रहरीले रातभर खोज्दा पनि वडाध्यक्षसहित आक्रमणमा संलग्नलाई भेटाउन सकेको छैन। वडाध्यक्ष केसीको मोबाइल स्बीच अफ रहेको प्रहरीको भनाइ छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिबहादुर ओलीको नेतृत्वमा प्रहरी चौकी घटनास्थल पुगेको थियो। चौकीका अधिकांश सामग्रीमा क्षति पुगेको उनले बताए। जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले चौकी तोडफोडमा संलग्न केसीसहित सबैको खोजी भइरहेको र उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइसकेको बताए। 

प्रहरीचौकी आक्रमण नगर्न स्थानीयले सम्झाउँदा वडाध्यक्ष केसी लगायतका युवाहरुले उल्टै  स्थानीयलाई समेत आक्रमणको प्रयास गरेका थिए। चौकीमा ६ जना मात्रै प्रहरी रहेकाले स्थिति नियन्त्रण बाहिर गएको प्रहरीको भनाइ छ। थोरै हतियार र जनशक्ति भएकाले वडाध्यक्ष र युवाहरुलाई नियन्त्रणमा ल्याउन नसकिएको चौकी इन्चार्ज साउदको भनाइ छ। 

आक्रमणपछि बुधबार बिहानैदेखि चौकी सुनसान छ। प्रहरी डिउटीमा समेत छैनन्। चौकी इन्चार्ज साउद उजुरी दर्ताका लागि भन्दै जिल्ला पुगेका छन्। वडाध्यक्ष केसी यसभन्दा पहिले पनि पटक–पटक विवादमा परेर प्रहरी नियन्त्रणमा पर्दै आएको थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.