चिकित्सकमाथि भएको आक्रमणको भक्तपुरमा विरोध

चिकित्सकमाथि भएको आक्रमणको भक्तपुरमा विरोध

भक्तपुर : काठमाडौंको जोरपाटीस्थित नेपाल मेकिडल कलेजमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध बुधबार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरु विरोधमा उत्रिएका छन् । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर बिरामी जाँच्नै छाडेर विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

मेडिकल अफिसर इन्चार्ज डा. आनन्दबाबु ढकालको नेतृत्वमा अस्पतालका चिकित्सकहरुले करिब एकघन्टा सेवा बन्द गर्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही माग गरेका छन् । उनीहरुले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही नगरिएसम्म हातमा कालोपट्टि बाँधेर सेवा दिने बताएका छन् ।
नेपाल मेडिकल कलेजमा जेठ १४ गते उपचार गराउन ल्याएका एक बिरामीको ज्यान गएको थियो । उक्त घटनामा चिकित्सक दोषी भएको भन्दै बिरामीका आफन्तले हातपात गरेका थिए ।

उक्त घटनाको विरुद्ध प्रदर्शनमा उत्रिएका भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटीविना जेल’, ‘दण्डहीनताको अन्त्य गर’, ‘स्वास्थ्यकर्मीमाथि हुने आक्रमणविरुद्ध ऐन ल्याऊ’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । उक्त प्रदर्शनपश्चात पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु हातमा कालोपट्टि बाँधेर काममा खटिएका छन् ।

विश्वमै कोरोना भाइरस संक्रमणको महामारीबीच आफ्नो ज्यानको बाजी राखेर काम गरिरहेका चिकित्सकमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको मेडिकल अफिसर डा. ढकालले बताए । यसअघि पनि धेरैपटक चिकित्सकहरुमाथि हातपात तथा दुर्व्यवहार हुँदै आए पनि सरकारले दोषीलाई कारबाही नगरिँदा चिकित्सकमाथि आक्रमण तथा दुव्यर्वहार हुन नरोकिएको अस्पतालका सर्जन चिकित्सक डा. उत्सवमान श्रेष्ठले स्पष्ट पारे ।

अहिलेको घटनाका दोषीलाई कारबाही नगरिएसम्म आफूहरुको आन्दोलन जारी रहने अस्पतालका चिकित्सकहरुले चेतावनी दिएका छन् । उनीहरुले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न सरकार र चिकित्सकसँग सम्बन्धित संघसंगठनहरुसँग माग गरेका छन् ।   

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही माग गर्दै हातमा कालोपट्टि बाँधेर बिरामी जाँच्दै भक्तपुर क्यान्सर अस्पतालका एक चिकित्सक । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.