सुतिरहेको ठाउँमा सर्पले डस्दा वृद्धको मृत्यु
ताप्लेजुङ : सुतिरहेको ठाउँमा सर्पले डसेर ताप्लेजुङमा एक वृद्धको मृत्यु भएको छ। मुत्यु हुनेमा फुङ्लिङ नगरपालिका-२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जन छन्। मंगलबार बेलुका खाना खाएर सुतेपछि उनलाई ओछ्यानमै सर्पले डसेको थियो। छिमेकी नविन गुरागाईंका अनुसार कालो सानो आकारको कालो रंगको सर्पलाई त्यसपछि बम्जन आफैले मारेका थिए।
राति त्यत्तिकै सुतेका उनको बुधबार बिहान पाँच बजे मृत्यु भएको को गुरागाईंले बताए। घटनाको स्थलगत अनुगमनपछि वृद्धको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।