दाङका पाँच र प्यूठानका दुईजनामा देखियो कोरोना संक्रमण

दाङका पाँच र प्यूठानका दुईजनामा देखियो कोरोना संक्रमण

दाङ : बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको स्वाब परीक्षणबाट बंगलाचुली गाउँपालिका ७ र ६ का दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु १७ वर्ष र २२ वर्ष उमेरका छन् । उनीहरु सरस्वती मावि जवरकोट र सुधामावि झेलनेटा क्वारेनटाइनमा बसेका छन्।

त्यसैगरी राजपुर गाउँपालिकाका ५ र १ का तीनजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । वडा नं ५ का १९ वर्षीय एक महिला र वडा नं १ का १९ वर्षीय पुरुष र २७ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । उनीहरु तीनैजना राजपुर गाउँपालिकाले सञ्चालन गरेको साधारण मावि सालभौरा क्वारेन्टाइनमा रहेका छन्।

बुधबार कोरोना पुष्टि हुनेमा दुईजना महिला र ३ जना पुरुष रहेका छन । बुधबार देखिएका संक्रमित सबै भारतबाट आएको बुझिएको छ।  योसहित दाङमा संक्रमितको संख्या ५६ पुगेको छ ।

प्यूठानका दुईजनामा पनि संक्रमण पुष्टि

प्युठान जिल्लाका दुईजनामा कोरोना संक्रमण देखिएको छ । बंगलाचुली गाउँपालिकाको कवारेन्टाइनमा बसेका दुईजनामा कोरोना संक्रमण देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्युठानका दुईजनामा कोरोना संक्रमण देखिएको हो । प्युठानको मान्डबी गाउँपालिका १ का १२ वर्षीय र वडा नं २ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

दाङमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । केहि दिनदेखि संक्रमितको संख्या बढ्दै गएपछि यसको व्यवस्थापनमा समेत समस्या हुने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.