भक्तपुरकी कोरोना संक्रमित गर्भवतीको सम्पर्कमा रहेका १० जनाको स्वाब संकलन

भक्तपुरकी कोरोना संक्रमित गर्भवतीको सम्पर्कमा रहेका १० जनाको स्वाब संकलन

भक्तपुर : कोरोना भाइरस संक्रमित भक्तपुरकी ३० वर्षीया गर्भवती महिलाको घरपरिवार र उनको सम्पर्कमा रहेका गरी १० जनाको कोरोना परीक्षण गरिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल गर्भवती महिलाको घर परिवारका ४ जना र उनको सम्पर्कमा रहेका ६ जना गरी १० जनाको कोरोना परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले स्वायब संकलन गरिएका १० जनामा दुई पुरुष र बाँकी ८ जना महिला रहेको जानकारी दिए ।जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका स्वास्थ्यकर्मीले उनीहरुको स्वाब संकलन गरेका हुन् । पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गर्न उक्त स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।

स्वास्थ्य मन्त्रालयले मंगलबार ती गर्भवती महिलामा कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेको थियो । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी उनी पछिल्लो पटक जेठ १५ गते अस्पताल पुगेकी थिइन् ।

उनी वैशाख र जेठ दुई महिनामा तीनपटक अस्पताल पुगेको ट्राभल हिस्ट्रीबाट देखिएको छ ।चिकित्सकले उनलाई असारको दोस्रो साता बच्चा जन्मिने मिति दिएको बताइएको छ । 

उनको पेटमा बच्चाको अवस्था सामान्य स्थितिमा नरहेकाले अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने चिकित्सकले सुझाउँदै आएको पारिवारिक स्रोतले बताएको छ ।

सोहीअनुसार अप्रेसन गर्न चिकित्सकको सुझावअनुसार जेठ १५ गते केएमसी अस्पतालमा कोरोना भाइरस परीक्षण गरिएको थियो । उक्त परीक्षणमा पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले मंगलबार पुष्टि गरेको थियो ।

कोरोना संक्रमित गर्भवती महिलालाई बुधबार बिहान घरपरिवारसँग परामर्श गरी ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा लगिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । 

उनका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ ।संक्रमितको घरपरिवारले उनलाई भक्तपुरको चाँगुनारायण २ दुवाकोटस्थित केएमसीकै अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था गर्न आग्रह गरेका थिए । 

तर सिनामंगलस्थित केएमसीमै बिरामी तथा चिकित्सक एवं स्वास्थ्यकर्मीमै कोरोना भाइरस संक्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ । 

जसले गर्दा दुवाकोटमा उनको उपचार हुन सकेन । अस्पतालले दुवाकोटमा आइसोलेसन वार्डको व्यवस्था भने गरेको छ ।मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी ३० वर्षीया गर्भवती महिला भक्तपुरका पाँचौं संक्रमित हुन् ।

यसअघि सुनसरीको झुम्का नगरपालिका घर भई ललितपुरस्थित आरोग्य प्रतिष्ठानमा काम गर्ने २५ वर्षीया महिला, रामेछाप घर भई हाल चाँगुनारायण नपा १ सरस्वतीखेल बस्ने सशस्त्र प्रहरीका २७ वर्षीय जवान, भक्तपुर नपा ५ योसिंखेल बस्ने काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नपा ९ तुमचो निवासी ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु चारैजना कोरोना भाइरसलाई जितेर डिस्चार्ज समेत भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.