प्रितमको ‘मुहारमा मुस्कान’

प्रितमको ‘मुहारमा मुस्कान’

काठाडौं : प्रितम आर्चायको स्वरमा रहेको पहिलो लिरिकल गीत सार्वजनिक भएको छ । उनी भारतीय चर्चित गायन रियालीटी शो ‘सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअपसमेत हुन् । गतवर्ष भएको उक्त रियालीटी शोमा उनको जादुयी स्वरले तहल्का मच्चाएको थियो । 

गीतकार गणेश उप्रेतीको शव्दमा मनराजा नकर्मीको संगीत रहेको यो गीतमा प्रितमले स्वर दिएका हुन् । सारेगमप कार्यक्रमबाट फर्किएपछि उनी पढाइसँगै संगीत कर्ममै व्यस्त छन् । केहि कभर सङहरुमा आवाज दिएका उनको सोलो गीत भने यो पहिलो हो । 

कक्षा ८ मा अध्ययन गर्ने प्रितम मिठो र जादुयी गाउन सक्छन् । नेपाली गीतका तुलनामा हिन्दी क्लासिकल गीतहरु बढी सुन्छन् उनी । इटहरीका प्रितम अहिले लकडाउनभर घरभित्रै छन् । कोरोनाले गर्दा उनी नियमीत संगीत सिक्न जान पाएका छैनन् । संगीतकार भुपेन्द्र राईसँग स्कुलमै संगीत साधना गरिरहेका प्रितमले गुरुलाई खुब सम्झिएका छन् । भन्छन्, ‘पहिलो पटक घरबाट अनलाइन कक्षा पढिरहेको छु । स्कुलमा पढेजस्तो रमाइलो हुँदैन अनलाइन कक्षा । साथीहरुलाई मिस गरिने रहेछ ’ ।

मुहारमा मुस्कान बोलको गीत उनले लकडाउन अगाडि नै काठमाडौं आएर रेर्कड गराएका हुन् । आफ्नो स्वरमा रहेको यो गीत सार्वजनिक गर्न पाउँदा  औधी खुसी लागेको उनी बताउँछन् । घरमा बिहान उठेर रियाज गर्ने, इन्टरनेट चलाउने, गेम खेल्ने, विशेषत क्लासिक गीत सुन्न गरेर यो खाली समयलाई सदुपयोग गरिरहेका छन् उनी । 

उनी गीतमा भन्छन्,...
मुहारमा मुस्कान होस्, आँशु हुनु हुन्न
भोलि फेरि भेट हुन्छ, आज रुनु हुन्न ।
तिमी रुँदा रोए जस्तो लाग्छ घाम, जुन
न्याउलीझै मिठो लाग्छ मालश्रीको धुन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.