४७ औं वर्षमा अभिताभ-जयाको रथ

४७ औं वर्षमा अभिताभ-जयाको रथ

मुम्बई : बलिउडमा अभिताभ बच्चन र जया बच्चनको जोडीलाई आदर्श जोडी मान्छि। १९७३ जुन ३ तारिख वैवाहिक सम्बन्धमा जोडिएको यो जोडीले बुधबार ४७ औं विवाहउत्सव मनाएको छ। बिहानै अभिताभले एक मन छुने स्टाटस अपलोड गर्दै विवाहउत्सवका अवसरमा ४७ वर्षअघिको दिन सम्झना गरे।उनले लेखेका छन्, ‘हामीले यो निर्णय गरेका थियौं, यदि जञ्जिर सफल भयो भने नयाँ साथीसँग पहिलो पटक लन्डन जानेछौं, सफलता मनाउन। मेरो बुवाले मलाई सोध्नुभयो, तिमी कोसँग जाँदैछौ ? जब मैले म कोसँग जाँदैछु भन्ने उहाँलाई बताएँ त्यसपछि उहाँले भन्नुभयो, यदि तिमी उसँग बिहे गर्छौ भने जाऊ अन्यथा नजाऊ। त्यसैले मैले बुवाको आज्ञापालन गरें।’

बलिउड फिल्म उद्योगका बादशाह मानिने अभिताभ ७७ वर्षका भए तैपनि उनको अभिनयप्रतिको लगाव उत्तिकै छ। टीभी कार्यक्रमका सफल प्रस्तोता, प्लेब्याक सिंगर, फिल्म निर्माणलगायतका विधामा उत्तिकै सफल छन् उनी। हरेक वर्ष धेरै किसानको ऋण तिरिदिएर उनले गरिबप्रति सहानुभूति र सहयोग गर्दै आइरहेका छन्।

४७ वर्षअघि उनी फिल्मी करिअरको सुरुआती अवस्थामा थिए। उनी अभिनीत जञ्जिर फिल्म निर्माण भइरहेको थियो। उनको अपोजिटमा जयाले अभिनय गरेकी थिइन्। यही फिल्मको सुटिङको क्रममा उनीहरू नजिकिए। एकअर्कालाई जीवनभर साथ दिने निर्णय गरे। उता फिल्म व्यावसायिक रूपमा सफल भयो, यता अभिताभ र जयाको जीवनको रथयात्रा सुरु भएको थियो।

जया पनि बलिउडकी रुचाइएकी अभिनेत्री हुन्। पछिल्लो समय अभिनयमा कम र राजनीतिमा बढी सक्रिय जया हाल राज्य सभा सदस्य हुन्। उनी समाजवादी पार्टीमा आबद्ध रही केन्द्रीय राजनीतिमा सक्रिय छिन्। जया र अभिताभ जोडीका सुमधुर सम्बन्धका रमाइला किस्सा बेलाबेला सार्वजनिक भइरहन्छ।

अभिताभले जयालाई पहिलो पटक एक म्यागजिनको कभर फोटोमा देखेका देखे। सांस्कृतिक मूल्य, मान्यताप्रति सकारात्मक सोच राख्ने तर बाहिर देखिँदा आधुनिक देखिने युवतीप्रति अभिताभको विशेष लगाव थियो। म्यागजिनको कभरमा देखिएको जयाको फोटो उनले खोजेजस्तै थियो। उनका आँखा विशेष मन पर्‍यो अभिताभलाई।

रियल लाइफमा निकै जमेका यो जोडी केही रिल लाइफमा पनि सँगै काम गरे। उनीहरूको श्वेता नन्दा र अभिषेक बच्चन गरी दुई सन्तान छन्। बुहारी ऐश्वर्या राय बच्चन पनि बलिउडकी चर्चित अभिनेत्री हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.