धनुषाका ५० पत्रकारको कोरोना बिमा

धनुषाका ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम : कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको घरदैलोमा सूचना पुर्‍याउने अग्रमोर्चामा खटिएका पत्रकारको कोरोना बिमा गरिएको छ।प्रतिनिधिसभा सांसद मातृका प्रसाद यादवले पहिलो चरणमा धनुषाका ५० जना पत्रकारको कोरोना उपचार बिमाको लागि आवश्यक सहयोग रकम हस्तान्तरण गरेका छन्। 

नेपाल पत्रकार महासंघ धनुषा शाखाको पहलमा पूर्वमन्त्री मातृका प्रसाद यादवले उनीहरुको बिमा गरिदिएको हो । पूर्वमन्त्री यादवले पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रलाई ५० पत्रकारको विवरणसहित रकम हस्तान्तरण गरेको छ । बिमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए १ लाख रुपैयाँ बिमा कम्पनीले उपलब्ध गराउने छ । दोश्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बिमा गरिने महासंघले जनाएको छ । 

प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादवले समाचार संकलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुने भएकाले सानो सहयोग स्वरुप पत्रकारको बिमा गरिएको बताए ।उनले भने, 'कोरोना महामारीको समयमा समाचार संकलन गर्न जोखिम भएकाले पत्रकारलाई कोभिड -१९ पोजिटिभ देखिए राहत होस् भन्ने अभिप्रायका साथ बिमा गरिएको हो ।'

 
उनले समाजलाई सु-सूचित गराउन जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बीमा गराउन आर्थिक सहयोग प्रदान गरेको बताए । मातृकाले भने, 'पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै पाउदै आएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौँ, यो महामारीको समयमा तपाईंहरुलाई यसले आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेको छु ।'

नेपाल पत्रकार महासंघका महासचिव किरण कुमार कर्णले महासंघ धनुषाले गर्न लागेको बिमा कार्यक्रमले जिल्ला भरका पत्रकारलाई फाइदा पुगने बताए ।पत्रकारहरुको पेशागत हकहित एवम सुरक्षाका विषयमा गम्भीर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योजनालाई लिन सकिने महासचिव कर्णको भनाइ छ।

सहयोग रकम बुझ्दै अध्यक्ष मिश्रले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने धारणा राखे ।

साथै उनले कार्यस्थलमा खट्दा पत्रकार आफै पनि सजग बन्नुपर्ने बताए । मिश्रले भने,' हाम्रो कामको जोखिमलाई ध्यानमा राखेर जुन काम गर्नुभएको छ, यसका लागि शाखाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु ।'

पत्रकार आवद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा संक्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा समाधानमा बीमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्ने राईले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.