प्रदेश २ मा १०२ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ९६१ पुग्यो
काठमाडौं : भारतीय सीमावर्ती जिल्लासँग सीमानाका जोडिएको प्रदेश २ कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६१ पुगेको छ। प्रदेशका ८वटै जिल्ला कोभिड १९ को चपेटमा छन्। संक्रमण बढ्दै गएपनि परीक्षणको दायरा घट्दो छ।
संक्रमितको संख्या पछिल्लो पाँच दिनमा सदरदर सयको हाराहारीमा बढ्दै गएपछि परीक्षणको दायरा केही बढाइए पनि त्यो पर्याप्त नरहेको स्वास्थ्यकर्मी बताउँछन्। प्रदेशका आठ जिल्लामध्ये रौतहट सबैभन्दा बढी ३८४ जना संक्रमित छन् । भारतबाट खुला सीमानाका भएकै कारण कोरोनाको जोखिम उच्च भएपनि परीक्षण अन्य प्रदेशको तुलनामा निकै कम रहेको छ।
पछिल्लो २४ घण्टामा रौतहटमा ६५, बारामा १२, सप्तरीमा१२,धनुषामा ६, महोतरीमा ३, सर्लाहीमा ३ र पर्सा जिल्लामा १ जना गरी कूल १०२ जना संक्रमित फेला परेको छ ।
प्रदेश २ का रौतहटमा ३८४, सर्लाही १४९, पर्सा ११४, धनुषा ८८, सप्तरी ६९, बारा ६७, बारा ४७ र सिरहामा ४३ जना संक्रमित भेटिएका छन् । यसैगरी महोत्तरी१, धनुषाका ४, सर्लाही१, रौतहट३, बारा२ र पर्साका ९३ जनागरी कुल १ सय ५ जना संक्रमित उपचार पछि निको भएर आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।